काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद भक्तिप्रसाद पाण्डेको निधनप्रति शोक प्रकट गरेका छन् ।
प्रधानमन्त्रीले आज शोक सन्देश दिँदै कम्युनिस्ट आन्दोलनका धरोहर पाण्डेको निधनले नेपाली कम्युनिस्ट आन्दोलनले महत्वपूर्ण योद्धा गुमाएको बताए । प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजन र सहयोद्धामा समेत समवेदना प्रकट गरेका छन् ।
एक वर्षदेखि अर्बुद रोगबाट पीडित ‘चाचा’ पाण्डेको उपचारका क्रममा आज नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन भएको हो । पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मङ्गलबार बिहान ९ देखि ११ बजेसम्म नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ । स्व पाण्डेका एक छोरा र दुई छोरी छन् । रातोपाटीबाट
