kukurघोराही २९ कात्तिक ।  घोराहीमा रहेका भुस्याह कुकुर नियन्त्रणका लागि कुकुर वध्याकरण शिविर शुरु भएको छ । जिल्ला पशु सेवा कार्यालय दाङ , घोराही नगरपालिका र हट नेपालको साझेदारीमा शिविर शुरु भएको हो ।

शिविरको पहिलो दिन आईतवार २५ ओटा कुकुरको स्थायी वध्याकरण गरिएको छ ,भने ४ ओटा कुकुरलाई रेविज विरुद्धको खोप लगाएको जिल्ला पशु सेवा दाङले जानकारी दिएको छ ।

जसमा १३ पाठा र १२ पाठीलाई स्थायी वन्ध्याकरण गरिएको छ । भुस्याह कुकुरको विगविगीका कारण सर्वसाधरणहरुलाई रातको समयमा सडकमा हिड्न सास्ती भएकाले त्यसलाई न्युनिकण गर्न वध्याकरण रेविज विरुद्धको खोप लगाएको जिल्ला पशु सेवा कार्यालयका निमित्त प्रमुख डा. गोपाल नेपाली वताए ।

रेविज भएको कुकुरले मानिशलाई टोक्यो भने अकालमा मृत्यु हुन सक्ने भएकाले ‘रेविज जस्तो प्राण घातक रोगवाट आफु पनि वचौ ,सडक सामुदायिक कुकुरको संख्या यस मानविय विधिवाट हामी सवै मिलि नियन्त्रण गरौ । ’ भन्ने मुलनाराका शिविर संञ्चालन गरिएको हो । शिविरमा निजि घरपालुवा कुकुरलाई समेत ल्याई स्थायी वन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउन सकिने नेपालीले जानकारी दिए ।

शिविर मंगलवार सम्म सञ्चालन हुने पशु सेवा कार्यालयका निमित्त प्रमुख डा. नेपालीले जानकारी दिए ।