तुलसीपुर २८ कात्तिक । नेपाली काँग्रेस वडा ईकाई तुलसीपुर १० ले मसिंर १ र २ गते गर्ने भनेको कार्यकर्ता प्रशिक्षण स्थगित भएको छ । वडा समितिको शनिवार भएको वैठकले कार्यकर्ता प्रशिक्षणका लागि जिल्ला पार्टी कार्यालयवाट हाल प्रशिक्षक उपलब्ध हुन नसक्ने जानकारी आएपछि प्रशिक्षण स्थगित गरिएको वडा सभापति मोहन गुरुङले वताए ।
नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुणदलको चौथो अधिवेशनले गर्दा प्रशिक्षण स्थागित गरिएको उनको भनाई छ । उनले भने ‘ पोखरामा शनिवार देखि शुरु भएको तरुणदलको अधिबेशन र जिल्लाका प्रशिक्षकहरु अधिवेशन तर्फ केन्द्रित भएका छन् । जसले गर्दा प्रशिक्षक उपलब्ध हुन नसकेको हो । ’
उनका अनुसार अर्को सुचना जारी नहुँदा सम्म पुर्वनिर्धारित प्रशिक्षण कार्यक्रम स्थगन गरिएको काँग्रेस वडा समितिले जनाएको छ । वडा ईकाइ सभापति मोहन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममको सहजीकरण सचिव लक्षमण चन्दले गरेका थिए ।





