इन्द्रेणी संवाददाता

दाङ, २८ कार्तिक । नेत्र विक्रम चन्द माओवादीले आव्हान गरेको बन्दको प्रभाव दाङमा पनि परेको छ । बन्दका कारण यहाँका मुख्य बजार तुलसीपुर, घोराही, लमही, भालुवाङ, नारायणपुरमा बजार बन्द छन् भने व्यापार व्यवसाय ठप्प छ । यातायातका साधान पनि विहानै देखि ठप्प छन् ।

dscn0506

अन्य दिनमा व्यस्त हुँने घोराहीको तुलसीपुर चोक

बजार क्षेत्रमा फाटफुट मोटरसाइकल चले पनि अन्य ठूला तथा साना सवारीका साधन चल्न सकेका छैनन् । सवारीका साधन नचल्दा यात्रु पैदल हिडेरै गन्वयमा पुग्न वाध्य छन् भने केही स्थानमा अटो रिक्सा चलेकाले केही सहज भएको छ ।

बन्दकर्ताहरु चोक चोकमा भए पनि उनीहरुले जवरजस्ती बन्द गराउदै हिडेको भने पाइएको छैन । सुरक्षाकर्मी चोक चोकमा तैनाथ गरिएको छ । बन्दको प्रभाव देखिए पनि अहिलेसम्म ठूलो अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।