चर्चित गजलकार शशि शर्मा मजगैंयाको नयाँ गजल सार्वजनिक भएको छ ।अहिलेका व्यस्त अनि चर्चित सङ्गीतकार हरि लम्सालको उत्कृष्ट सङ्गीत र सङ्गीत सम्योजन रहेको गजलमा प्रतिभाशाली गायक बलबहादुर राजबंशिले स्वर दिएका छन् ।”तिमिले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु”बोलको गजलमा प्रेमको वियोगान्त भाव समेटिएको छ ।
प्रेमको संयोग र वियोगमा कलम चलाउन खप्पिस गजलकार मजगैंयाद्वारा रचित “तिम्रै यादमा भित्र भित्रै जलिजली बाँचेकी छु”बोलको सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्द, अन्जु पन्तद्वारा स्वरबद्द र शिल्पा पोख्रेलद्वारा अभिनित गजल केही वर्ष अगाडि निक्कै नै चर्चित बनेको थियो ।अहिले सार्वजनिक गजलमा पनि शिल्पालाई नै भित्र्याईएको छ ।
गजलको हालै सार्वजनिक भिडियोमा रजतपटकि अहिलेकी चर्चित नायिका पोख्रेलसङ्ग मोडेल जीवन भट्टराईले जिवन्त अभिनय गरेका छन । उत्सव दाहालले खिचेको भिडियोलाई चर्चित निर्देशक अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन । गजललाई Twelve Notes ले बजार व्यवस्थापन गरेको छ ।
https://www.youtube.com/watch?v=nROccjeyZ1I
