काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । संविधानको दोस्रो संशोधनको प्रस्तावलाई अन्तिमरुप दिने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको हो ।

dauwa-and-dahalछलफलमा संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमाङ्कन हेरफेरमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । संविधानमा तराई केन्द्रित दलले समानुपातिक समावेशीता र नागरिकतालगायतका विषयमा असन्तुष्टि राख्दै संविधानको दोस्रो संशोधनको माग गर्दै आएका छन् ।

प्रधानमन्त्री दाहालले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाएका छन् ।