घोराही, २६ कार्तिक । प्रेस सेन्टर दाङको आयोजनामा अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरासँग पत्रकार सम्मेलन हुने भएको छ । यहि कार्तिक २७ गते नेता महरासंग प्रेस सेन्टरले पत्रकार सम्मेलन गर्न लागेको हो ।
विहान सात बजे नेपाल पत्रकार महासंघ दाङको सभाकक्षमा हुने पत्रकार सम्मेलनमा उपस्थिती हुन आयोजक संस्थाले सबैमा आग्रह गरेको छ । प्रेस सेन्टर दाङका अध्यक्ष डिल्लि मल्ल र सचिव पाण्डवप्रशाद शर्माले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी उक्त पत्रकार सम्मेलनमा उपस्थिती हुन पत्रकार एंव शुभेच्छुक सबैमा आग्रह गर्नु भएको हो ।
