krishna-maharaतुलसीपुर २६ कात्तिक ।  नेपाल सरकारका अर्थ मन्त्री कृष्ण बहादुर महरा संग शनिवार तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा दाङको समग्र विकासका लागि महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए ।

यसै विच संघका अध्यक्ष रिजाल र महासचिव नेत्रलाल वलीले शुक्रवार एक विज्ञप्ती जारी गरी शनिवार अपरान्ह ४ वजे संघको सभाहलमा उपस्थितीका लागि सम्पूर्ण क्रियाशिल राजनितिक दलहरु, उद्योगी व्यापारी व्यवसायी तथा आमसरोकारवालाहरुलाई उपस्थितीका लागि अनुरोध समेत गरेको छ ।