एजेन्सी, २६ कार्तिक । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपति बाराक ओबामासँगको भेट आफ्ना लागि ठूलो सम्मानको कुरा रहेको बताएका छन् ।
राष्ट्रपति ओबामाले ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गरेका छन् । ओवल कार्यालयमा भएको भेटमा सत्ता हस्तान्तरणका बारेमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

_92388706_036326035-1डेढ घण्टासम्म चलेको भेटवार्तामा आन्तरिक तथा बाह्य विषय, सत्ता हस्तान्तरण तथा विदेश नीतिका बारेमा छलफल भएको राष्ट्रपति आबोमाले बताए राष्ट्रपति ओबामाले भेटवार्ता शानदार रहेको बताए । ट्रम्पले आफ्नो टिमसँग मिलेर काम गर्न चाहेको बताएको र आफू त्यसबाट प्रभावित भएको राष्ट्रपति ओबामाले बताए । चुनावी अभियानको क्रममा ट्रम्पले ओबामाको शासन नष्ट गर्ने बताएका थिए ।

यस्तै ट्रम्पले ओबामाको नागरिकताको विषयमा पनि प्रश्न उठाएका थिए ।यस्तै राष्ट्रपछि ओबामाले ट्रम्प विशेष रुपले अयोग्य रहेको बताए । तर चुनावमा अप्रत्यासित रुपमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टन पराजित भएपछि ओबामाले राष्ट्रिय एकताका लागि आह्वान गरे ।