काठमाडौं, २६ कार्तिक । हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई १६ करोड रुपैयाँ कर लगाउने निर्णय कर कार्यालय गरेको छ । स्वामित्व परिवर्तन भएको चार वर्षपछि कर कार्यालयले यस्तो निर्णय गरेको हो ।
ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा ५७ अन्तर्गत रहेर हिमाल हाइड्रोको स्वामित्व परिवर्तनमा लाभ भएको भन्दै कर लाग्ने निर्णय गरेको हो ।
चार वर्ष अगाडि नेपालकै ठूलो निर्माण कम्पनी हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सञ्चालक कम्पनी नेपाल जलविद्युत् प्रबन्धक तथा विकास लिमिटेड ९एनजेपीबी०को सेयर चौधरी समूहले खरिद गरेको थियो ।
भारतीय कम्पनी कोस्टल प्रोजेक्ट्स लिमिटेडअन्तर्गत चौधरी समूहले हिमाल हाइड्रोको सेयर खरिद गरेको थियो । करिब ५५ करोड रुपैयाँको सेयर खरिद–बिक्रीमा लाभकरको विवाद थियो । योगेन्द्र श्रेष्ठ र उनको परिवारको नाममा रहेको सेयर चौधरी समूहले खरिद गरेको थियो ।
