गोविन्द खड्का
घोराही, २५ कार्तिक । तिनहजार छ सय रुपैयाँ नगद बुझे महाविर रोकाले । तपाईलाई केहि समय बासको व्यवसथा भनेर तुलसीपुर ५ का ललित जंग शाहले बुझाए । घोराही ११ काठेकोहल निवासी रोका बुधवार साँझ उज्यालो अनुहारले हाँसे ।
रोका ह्रवील चेयरमा गुड्थे घोराही बजारमा । काठेकोल, शहिद गेट, जिविस रोड र तुलसीपुर चोक रोकाको बाक्लो उपस्थिति रहन्थ्यो । तल्लो आङ नचल्ने रोका विगत १४ बर्ष देखि मागेर ज्युने गरेकाछन् । उनको कहानी बुधवारको नया युगवोध राष्टिय दैनिकमा ‘बास छैन, दिमाग खराब हुन्छ’ शिर्षको समाचार प्रकाशित भएपछि सहयोग गर्न शाहले ईच्छा जनाई घोराही पुग्नुभयो ।
चिया पिउनेका अनुहारमा ट्वाल्ल हेरेपनि मलाई चिया चाहियो रोकाले भन्दैनन् । न त गाडि मोटर बाट ओर्लिने वित्तीकै कुनै चिर्कटो देखाउदै हात थाप्छन् । घाईते हुदाका केहि बर्ष अनुनय विनय गरेका थिए । त्यस बेला मान्छेहरुले अपमान र हेला मात्रै दिए । ‘दाता भेटिनुभयो’ हात जोडेर शाहलाई रोकाले भन्नुभयो, ‘पत्रिका बाटै मेरो खबर सुनेर हजुरमा दया पलायो छ ।’ आफ्नो जिविकाका बारेमा जानकारी गराउदै रोकाले दश पाच रुपैया दिनेहरुबाट संकलित एक अञ्जुलि रकम देखाए । आशमै समय गुज्रीने गरेको रोकाको भनाई थियो । त्यसैले खानपिन र मासिक १२ सय घरभाडा जुटाएको रोकाले अबगत गराए । अब घर भाडा शाहले व्यहोरेपछि दालचामल जुटाउन अलि सजिलो हुने रोकाले शाह समक्षा धारणा राखे ।
तपाईलाई जरुरी के हो ? सबै भन्दा समस्या सुनाउनुस भनेपछि त्यसको जवाफमा रोका संग ठुलो सपना थिएन । न त त्यसै पाए भनेर लुट्न खोजे । खास समस्या मात्रै राखेपछि ईमान्दारीतामा थप विश्वास जगायो । शाहले शैक्षिक सत्र सकिएपछि रोकाकी छोरीको पढाई निजि विद्यालयमा सार्ने आश्वासन दिनुभएको छ ।
रोकालाई छोरीको विहेवारी पछि स्याहार्ने आधार देखिए घरको व्यवस्थागर्ने प्रतिवद्धता जनाउनुभएको छ । ‘अहिल्यै घर दिएर तपाई एक्लै पर्दा कसले स्याहार्छ’ शाहले भन्नुभयो, ‘छोरा छोरी ईमान्दार बन्दै गएभने आफ्नै घरमा मर्ने तपाईको धोको पुरा गर्छु ।’ यसो त हरेक तिन महिनामा ६ हजारका दरले बैंकमा रकम जम्मा गर्नुहुने भएको छ । पहिलो तिन महिनाको रकम बुझाएर बैक खाता नम्वर दिनु भन्दै विदा हुनुभएको थियो । सहयोग रकम दुरुपयोग नगरेमा छोरीको विहेवारीको जिम्मा पनि लिन शहले बचन दिनुभएकोछ । आवश्यक परे जुनसकै बेला सम्पर्क गर्न आग्रह गर्नुभएको छ ,
