गुल्मी, २४ कात्तिक । गुल्मीको रिडी बजार क्षेत्रमा प्रहरी र स्थानीयबासिन्दा बिच झडप भएको छ । रुरु गाउँपालिकाको केन्द्र रिडीमा हुनुपर्ने माग राख्दै रुरुगाउँपालिका संघर्ष समितिले आयोजना गरेकोे आन्दोलनमा प्रहरी र स्थानीयबिच आज झडप भएको हो ।

imagesझडपमा स्थानीय दीपक कडेल घाइते हुनुभएको छ । बिहान ६ बजेदेखि सडक अवरुद्ध गरेर स्थानीयले आन्दोलन गरेपछि सुरक्षाकर्मीले सडक खुलाउने प्रयास गर्दा स्थानीय र प्रहरीबिच दोहोरो झडप भएको हो ।

झडपको क्रममा प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि स्थानीयहरुले आक्रोसित हुँदै रिडी बजारमा रहेको अस्थाई प्रहरी विट समेत तोडफोड गरिदिएका छन् ।

दोहोर झडपको क्रममा ढुंगामुढा समेत प्रहार गरिएको थियो । स्थानीयले सडक खुलाउनका लागि छलफल भइरहेको अवस्थामा प्रहरीले जबरजस्ती सडक खुलाउन खोज्दा स्थिती झडप भएको बताएका छन् । झडपपछि रिडी बजार बुधबार दिनभर तनाव ग्रस्त भएको छ ।