दाङ २३ कार्तिक । बेरोजगार भएर गाउँघरमै हल्लिने अनि कुलतमा फसेर गाउँ समाजकै बदनाम गर्ने युबाहरुको लागि मीठो झापट बनेका छन त्रीपुर – ६ रमनाका स्थानिय युबा । आफ्नो ठाउँको बिकासको लागि सरकारको मुख ताक्ने र राजनितिक दलको आश्वासनको पर्खाईमा बस्ने मान्छेहरुले केही सिक्नै पर्ने गरि कार्य गरेर देखाउदैछन रमनाका युबाहरु ।
आफ्नो गाउँलाई खेलकुदकै नमुना गाउँ बनाउने र युबा परिचालन बाटै गाउँ लाई शहर सम्म चिनाउने रमनाका युबाहरुको सपना रहेको स्थानिय युबाहरु बताउछन । युबाहरुको सपनालाई साकार बनाउन स्थापित भएको छ अटल युबा क्लब ।
विभिन्न चाडपर्वमा पुजापाठ गर्ने र मेला लगाउने उद्देश्यका साथ गत बर्ष अटल युबा क्लबकै पहल अनि विभिन्न संघ संस्था र ब्यक्तीहरुको सहयोगमा मन्दिर अनि क्लब घर निर्मण भयो । यो बर्ष अझ ठूलो योजना पाँच बर्ष भित्र तयार गर्ने घोषणा सम्म गरे अटल युबा क्लबका युबाहरुले ।
“ हामी पाँच बर्ष भित्र दस करोड लगानी बराबरको खेलकुद रङ्गशाला निर्माण अभियानमा छौ । नमुना बनेर देखाउने छौ । “ अटल युबा क्लबका अध्यक्ष राजकुमार भण्डारीले बताए । उनले भने “ खेलकुद को बिकास र युबा परिचालनमा हामी देशकै नमुना क्लब बन्न चाहन्छौ । “
विभिन्न सामाजिक कार्य गरेर गाउँको सान बढाउन सफल अटल बारे गाउँ बासी पनि निक्कै सकारात्मक देखिन्छन । “ रमना सानो अनि सबैतिर बाट हेपिएको गाउँ हो , तर यिनै युबाहरुको जोश अनि जाँगर ले रमना बासी हुँ भन्न पाउँदा खुशी लाग्दछ । “ स्थानियबासी तथा क्लबका सल्लाहकार श्रीधर कुमार राजभण्डारीले बताए । उनले थप्दै भने “ गाउँ बिकासमा युबा जागे पुग्दो रहेछ । सरकारको मुख ताक्न पर्दैन ।
पाँच बर्ष भित्र दस करोड बराबरको भौतिक संरचना तयार गर्नु चानचुने कुरा होईन । रमना गाउँलाई स्पोर्ट भिलेज बनाउने घोषणा गरे सँगै युबाहरुमा दस करोडको हिम्मत पलाएको हो । गाउँ चिनाउन र खेलकुद बिकासका लागि जसरी पनि घोषणा गरिएको काम पूरा गर्ने क्लबका सदस्य निरन्जन भण्डारीले बताए । “ हामी हरेक रमनाबासी गाउँको बिकास र इज्जतको लागि परिचालित हुन्छौ । हरेकले सकेको सहयोग गर्छौ र पाँच बर्ष भित्र नमुना गाउँ बनाएरै छाडछौ । “ भण्डारीले बताए ।
उनी जस्तै आशाबादी देखिन्छन क्लबका सल्लाहाकार टीका थापा । क्लबले रमना गाउँको बिकास र खेलकुद बिकासमा कुनै कसर बाकी नराखेर काम अगाडि बढाउने उनको भनाई छ । “ पोहोर साल हामिले स्थानिय सहयोग , यस क्षेत्रबाट बैदेशिक रोजगारी जाने युबाहरुको चन्दा अनि विभिन्न संघ संस्थाको सहयोगमा बीस लाख बराबरको क्लब घर र सँगै पुजापाठको लागि मन्दिर बनायौ भने अब त गाउँ नै स्पोर्ट भिलेजमा पारेका छौ । अबस्य पनि निस्चित र तोकियको समय भित्रै घोषणा गरिएको काम पूरा गर्नेछौ । “ सल्लाहकार थापाले बताए ।
गाउँको माया हुदा हुँदै पनि बाध्यताले बिदेशिने रमना बासी युबाहरुमा पनि आफ्नो गाउँ स्पोर्ट भिलेजमा परिणत हुनु र आफ्नै क्लबले दस करोडको योजना अघि ल्याईनु खुशीको कुरा भएक बताउछन । “ गाउँ को बिकास र खेलकुदको लागि औकात भन्दा माथी उठेर सहयोग गर्न तयार छु । “ हाल दुबईमा रहेका स्थानिय युबा तथा पत्रकार शुबास शर्माले बताए । उनले भने “ अटल लाई गाउँको बिकासमा अटल बनाउन हामी सबै लाग्नु पर्दछ । गाउँ बनाउने हामी जस्तै युबाले हो । “
