गोविन्द खड्का
घोराही, २३ कार्तिक । उठेर बस्तुभाउ सम्हार्छन् । त्यस पछिका फुर्सदिला घर घरै बाट निश्कन्छन् । गाउ“को पुछारमा चियापसल छ । त्यहि जमघट हुन्छ र चिया नास्ता गर्छन् । बिहानै खस्ता पाउरोटि पुगेको हुन्छ । होटलमा पकौडि समोसा पनि पाक्छ । चिया पकाउने दुःध पनि बजार बाटै पुग्छ ।
चिया कप समातेर बसेका ह“सिला मुहारले खुशि झल्काईरहेको हुन्छ । तिनिहरुले जमघटमा बा“डेर नास्ता खाएको देखिन्छ । झट्टहेर्दा सभा जस्तो लाग्छ । नया“ बिषयमा छलफल गरीए पनि कुनै कुराले बाद्या पारेर डो¥याउदैन । बरु चिया नास्ता गने खाने नियमितता बनेको छ । दुई वटा होटल सहितका किराणा पसल चलेका छन् । स्थानियको चिया पसलमा जाने लत बसेको छ ।
सुपैला, अखबरे लगाएतका बस्तिको नामलिदा घोराही ६ ले दुर्गम क्षेत्रका रुपमा नामाकरण गर्छ । रानीजरुवालाई केहि समय अघि वडाको पश्चिमी क्षेत्रको बजार मानिन्थ्यो । अहिले आफ्नै ठाउको पिपलावुटोमुनि पसल छन् । त्यसरी विकसीत हुनु जन घनत्व बढ्ने सामान्य प्रकृयाले मात्रै होईन । त्यस क्षेत्रका बासिन्दाले गरेको मेहनतले अझ चा“डो सुगम बनाईदिएको उनिहरुको अनुभव छ । विगत दश बर्षदेखि कृषि उत्पादनमा बृद्धिहुनु आकर्षणको केन्द्र हो ।
त्यहा घरैपिच्छे नगदे वालि तरकारी खेति देखिन्छ । यति बेला निख्रीन लागेका सिमिका झालहरु कमदभरी छन् । फल्न लागेका टमाटर बारी बारीमा झालमा उक्लिदैछन् । मौलाउदै गरेका आलुका बुटाहरुले बारीलाई शोभायमान बनाएको देखिन्छ । अदुवा, बेसार लगाएत केहि न केहि बारीमा देखिन्छ । बर्षातभरी लाभ दिएर निख्रीएका भाण्टाहरु आश जगाउने गरी झकाझुर फुल्न लागेका छन् । जसले नगद रुकम दिन सकोस् । किसानको मुहारमा खुुशिल्याओस् ।
उनिहरुमा सरसफाई सचेतना झन् अघि छ । घोराही बजारको तुलनामा सफा छ अखबरे । दुर्गम ठान्नेहरुको नजर गिराउन सक्ने गरी स्वच्छ रहेको देखिन्छ । हरेक पसल पसलमा बोरामा फोहर टंगाएको छ । त्यसरी संकलन गरीने फोहर महिनाको एक पटक घोराही नगरपालिकाको गाडिले ओसार्छ । गल्नेफोहरलाई बारीमा बिसर्जन गरीन्छ । भैसी, बाख्रा, चल्ला, वुंगुरका र चल्लाका अलग अलग खोर छन् । त्यसले गर्दा घर आगनलाई फोहर बन्न दिदैन ।
घर मुनिको बारीमा कैचिले टमाटरको पात काटिरहेको अबस्थामा भेटिए नेत्र बहादुर घर्ति । जल्न लागेको पातले अरुलाई पनि रोग सार्ने, दाना विगार्ने, बाक्लोमा झनै जल्ने भएकाले काटिएको बताए । घर्तिका अनुसार यस्तो मेहनत गरी फलाएको टमाटर ठेक्कामा सब्जी मण्डि जान्छ । अलि धेरै आफै घोराही बजार सम्म बेच्न लैजान्छन् । ‘आज भोलि टेम्पो, रिक्सा आएको छ र सजिलो छ’ घर्तिले भन्नुभयो, ‘नत्र पिठ्युमा बोकेर धेरै चोटि बेच्न बजार लगियो ।’ उहाका अनुसार त्यसरी घण्टा बढि समय लगाएर तुनुन तुनु बोकेको टमाटर गर्मि सिजनमा तिन रुपैया नम्बर सम्म घटेर बेचियो । कुनै समयमा त्यसरी पनि बिक्री नभएर नालामा फालि फर्किए । तर पनि सिजनमा आधा लाख कमार्ई थोरै हुनेको पनि कतै जानन । मेहनत धेरैछ । फुर्सदमा फतफताउनु, व्यवारीसले हुनु विलासीनु वा कुलतमा लाग्नु भन्दा सहि छ । आफ्नो जिविका चलाउन कसै संग हात थापी हिड्पर्ने अबस्था छैन ।
तरकारी पाला बाट जोगाउन र फलाउन मात्रै विषादि प्रयोग गरीएको किसानहरुले जानकारी दिए । उनिहरुका अनुसार भैसि, चल्ला, बुंगुरको मल मात्रै प्रयोग गरीएकाले आफ्ना उत्पादन आग्र्यानिक हुन् । केहिमा भिटामीन हाल्ने गरीएको छ । त्यस क्षेत्रमा गलत विषादी प्रयोग नभएको बताए । साधारण खेति गर्छन् । हिउदमा र्सिचाई सुविधा नभएकाले केहि जमिन बाझो रहन्छ । बाझो बारी हेदा पिडाले आलस तालस बनाए पनि उपाए छैन । असुविधाले जोश खेर गई अल्छिमा बदलिएको छ । केहि को बारीमा भने हिउदे सिचाई पनि छ । त्यहाका बासिन्दाका राम्रा घर छन् । कतिको बैंक व्यालेन्स होला । मेरो छाक टरिन यहि बेचेर गजारा चलाउछु भन्ने छैनन् । ‘खान पुग्ने धौ हुनेले नोटका बिटा निकाल्छन्’ स्थानिय टिका शाहले भन्नुभयो, ‘तरकारी खेतिले धेरैको दुःख मेटाई सकेको छ ।’ उहाका अनुसार बस्ति सम्पन्न बन्दै छ ।
सिंगै वडालाई नेतृत्व गर्ने जनशक्ति शुपैलाले तयार गरेको छ । खुला दिसा मुक्त अभियान देखिनै सरसफाइको उप संयोजक सम्हालेका धर्म हमाल अहिले पुर्ण सरसफाई अनुगमन समितिका संयोजक छन् । भने वडा नागरीक मञ्चको नेतृत्व गर्ने अभिारा पनि हमाललाई आएको छ । चिया पसलमै भेटिएका हमालले त्यहि जमघटमा हरेक कुराको जानकारी दिने गरेको बताउनुभयो । वडाका सबै कुरा कण्ठस्त सुनाउन सक्ने हमालले आफ्नो टोल समृद्ध हुदै गरेको खुशि सुनाउनुभयो । तर सजिलै भएको होईन । पेशा परिवर्तन गरेर स्थानियले उत्पादन बढाए । दण्ड जरीवानाको कार्यक्रम ल्याएपछि सरसफाइ चेतनामा विकास गरे । तिनको उन्नतीले हमाललाई वडाको अगुवा हुने धरातल तयार भयो । बाटा चोकहरु फराकिला बन्दै सफा भएकाछन् । सामान्य नागरीकलाई बिहान सबेरै चियापसल पुगेर बहस छलफल गर्ने लत बसेको छ ।
