काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको म्याजिक नम्बर हो २७० । यदि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलरी क्लिन्टन दुबैलाई ५३८ इलेक्टोरल कलेजमा बराबर २६९-२६९ भोट आए नजिता बराबरीमा सकिनेछ । अर्थात ‘टाई’ हुनेछ ।

trump-and-hillaryचुनावको नतिजा बुधबार आउने छ । डोनाल्ड ट्रम्प र हिलरी क्लिन्टन दुबैबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विश्लेषकहरुले चुनावी परिणाम जे पनि आउन सक्ने बताएका छन् ।

आम जनताको मत अर्थात ‘पपुलर भोट’का साथै दुबै उम्मेदवारको ध्यान इलेक्टोरल कलेजमाथि हुनेछ । किनकी पपुलर भोटमा बहुमत र इलेक्टोरल कलेजमा आफ्नो प्रतिस्पर्धीभन्दा कम भोट आएमा चुनाव हार्नेछ, यो अमेरिकी चुनावको रोचक पक्ष हो ।

तपाईलाई याद छ भने सन् २००० को चुनावमा अलगोरले पपुलर भोटमा जर्ज बुसभन्दा ५ लाख बढी मत पाएका थिए । तर, सिनेटमा थोरैले पछि परे, जसका कारण उनले राष्ट्रपति चुनाव हारे ।

तर, यो पटक टाई भयो भने ? अमेरिकी संविधानको १२ औं संशोधन अनुसार अमेरिकी कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्नेछ । हाउस अफ रेपि्रजेन्टेटिब्सको जिम्मेवारी राष्ट्रपति चुन्ने हुनेछ भने सिनेटले उपराष्ट्रपति छान्नेछ ।

सिनेटको १०० सिटमध्ये अहिले रिपब्लिकन पार्टीसँग ५४ सिट छ । जबकी मंगलबार ३४ सिटका लागि चुनाव हुनेछ । हाउस अफ रेपि्रजेन्टेटिब्समा अहिले २४७ सिटका साथ रिपब्लिकन पार्टीको बहुमत छ भने डेमोक्रेटिक पार्टीको १८८ सिट छ ।

हाउसको सदस्यको चुनाव हरेक २ वर्षमा हुनेछ । एक चुनाव राष्ट्रपति पदको चुनावसँग हुनेछ भने अर्को यसको दुई वर्षपछि हुनेछ ।

अब मंगलबारको चुनावले यो प्रष्ट हुनेछ कि दुबै सदनमा रिपब्लिकन पार्टीको बहुमत कायमै रहन्छ कि रहन्न ?

तर, यो स्थितिलाई ध्यान दिनुस्, राष्ट्रपति चुनाव बराबरी भएको अवस्थामा राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक पार्टीको बन्न सक्छन् । यदि हाउस अफ रेपि्रजेन्टेटिब्समा रिपब्लिकन पार्टीको बहुमत कायमै रहृयो भने ट्रम्प राष्ट्रपति घोषत हुनसक्छन् । र, सिनेटमा डेमोक्रेटिकको बहुमत भयो भने उपराष्ट्रपतिमा हिलरीको रनिङ मेट टिम केन चुनिन सक्नेछन् ।

यस्तो अमेरिकी इतिहासमा एकपटक भइसकेको पनि छ । सन् १७९६ को चुनावपछि जोन एडम्स राष्ट्रपति बने भने विपक्षी दलका नेता थोमस जफरसन उपराष्ट्रपति भए ।
अनलाइन खबरबाट