रुकुम, २१ कार्तिक । रुकुमको पेउघा गाविसमा एउटा बाख्राले २ ओटा टाउको भएको पाठीलाई जन्म दिएको छ । पेउघा गाविस–६ की यामकुमारी बिकको बाख्राले २ ओटा टाउको भएको पाठीलाई जन्म दिएको हो ।
उक्त पाठीलाई हेर्न स्थानियको घुइँचो लाग्ने गरेको छ । यसअघि गाउँमा यस्तो घटना नभएकाले अच्चम्म मान्दै पाठी हेर्नेको घुइँचो लाग्ने गरेको स्थानीय गणेश सुनारले जानकारी दिए । पाठीले दुबै मुखबाट आवाज समेत निकाल्ने गरेको छ ।
