एजेन्सी, २१ कार्तिक । पाकिस्तानी सेनाको गोली लागेर आज बिहान एकजना भारतीय सैनिक मारिएका छन् ।

40528421736f3c6e0ee7a7ed3ad63fb1-1आइतवार बिहानै कश्मिरको पुन्छ जिल्लामा केजी क्षेत्रस्थित सीमानामा भएको गोलाबारीमा परेर भारतीय सेनाका एक जवान मारिएका हुन् । पाकिस्तानले चलाएको गोली लागेर मारिएका ती सैनिकको नाम भने खुलाइएको छैन ।

जम्मुकश्मिर पुलिसका अनुसार लाइन अफ कन्ट्रोलमा पुन्छस्थत क्रस(बोर्डर फायरिङ्गमा गोली लागेर ती जवान मारिएका हुन् । १८ सेप्टेम्बरमा कश्मिरको उरीमा १९ जना भारतीय सैनिक मारिएपछि भारत र पाकिस्तानबीच तनाव चुलिँदो छ ।