विरगञ्ज, २१ कार्तिक । भारतको कलकत्ता बन्दरगाहमा नेपालतर्फ आउन लागेका हजारौँ कन्टेनर रोकिएका छन् । सहजरुपमा ढुवानी हुन नसक्दा नोक्सानी बेहोरेका नेपाली आयातकर्ताहरु अहिले पनि हजारौँ मालवाहक कन्टेनर कलकत्तामा भारतले रोकिदिदा मारमा परेका छन् ।

a271ad07b5de9a1d9b37ad54604ff625जाम हुने समस्या देखाउदै कलकत्ताका पुलिस कमिश्नरले लोड भएका कनटेनर बिहान ८ बजेदेखि साँझ ८ बजेबम्म बजार हुँदै निकाल्न नदिएपछि कन्टेनरहरु कलकत्ता बन्दरगाहमा अलपत्र परेका हुन् ।

विभिन्न देशबाट आयात गरिएका वस्तुहरू कलकत्तामै अलपत्र परेपछि नेपाली वयवसायीहरु अन्यौलनमा परेका छन् । वीरगन्जको सुख्खा बन्दरगाहसम्म रेलमार्फत आउने मालवाहक कन्टेनर खाली गरेर समयमा पु¥याउन नसक्दा नेपालीहरूले चर्को विलम्व शुल्क तिर्न बाध्य छन् । कलकत्ता बन्दरगाहसम्म पुर्‍याइएका खाली कण्टेनरकका पनि उल्टो जरिवाना तिर्नुपरिरहेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले गुनासो गरे ।

कलकत्ता बन्दरगाहमा मालवाहक कण्टेनरको जामले गर्दा खाली कण्टेनरसमेत राख्ने ठाउँ छैन । सिपिङ्ग कम्पनीहरूले पनि प्रतिकण्टेनर एकसय अमेरिकी डलर सर्ट चार्ज बढाएका छन् । कतिपय कण्टेनरहरु हल्दिया बन्दरगाहमा पनि लगेर राखिएको छ । बन्दरगाह भित्र यताउता गाडी चलाउने ठाउँ समेत नरहेकाले लोड अनलोड गर्न समेत समस्या भएको छ ।