संजय कुशवाहा
नवलपरासी , २१ कार्तिक नवलपरासीको दक्षिणी भेगहरुमा छठ पर्वको लोक प्रियता बढेको छ। तराईहरुको केही जिल्लाहरुमा मनाईने छठ पर्व अहिले समावेशी पर्वका रुपमा प्रचलित हुदै गएको छ।

14937059_356662951347567_164552792_nशनिवार देखी सुरुभई मंगलवार सम्पन्न हुने छठ पर्वको उपलक्ष्यमा नवलपरासीको विभिन्न ठाउँहरु परासी, कुडिया, नर्सहि, पकलिहवा,बैदोलि , प्रतापपुर,गुठी सुर्यपुरा,गुठीपरसौनी त्रिबेणी लगायतका क्षेत्रमा रहेको ताल,तलैया, नदिको घाटहरुलाई बिषेश रुपमा सिङ्गारिएको छ ।

कार्तिक मास शुक्ल पक्षको षठवींका दिन यो पर्व हरेक साल मनाउने गरेको छ। धार्मीक सदभावको रुपमा स्थापित हुदै गरेको छठ पर्व हिन्दु समुदाय मात्र नभई मुस्लिम,लगायतहरुको सहभागिता रहेको हुदाँ बिगतको दिन भन्दा छठ पर्व हरेक वर्ष वृद्धि हुदै गएको देखीन्छ।

 यो पर्वमा हरेक समुदायको चासो बढदै गएको देखिन्छ  । छठ पर्व सुर्यको अराधना र उपासना गरि मनाउने गरिएको छ । जिल्लाका बिभिन्न जात जातीहरु समेत छठ पर्व मनाउने गरेका छन। यो अवसरमा पुजाको लागी घर घरमा बिशेष तयारी समेत गरिएको छ।