इन्द्रेणी संवाददाता
काठमाडौ, ३ जेठ संघिय गठबन्धनको आजको सिंहदरवार घेराउ कार्यक्रममा आन्दोलनकारीकै लाठी लागेर एक आन्दोलनकारी गम्भीर घाइते भएका छन । आन्दोलनकारी मध्येका एकजनाले प्रहरी माथी ढुङ्गा प्रहार गर्दा अरु आन्दोलनकारीले भिजलान्ते , भुषतिग्रे भन्दै निर्घात कुटपिट गरेका हुन । आन्दोलनका क्रममा सहकर्मी बाटै कुटिएका घाइते को हुन ? भन्ने कुरा खुल्न भने सकेको छैन ।
