14925771_1195443397183867_8667310400028794333_n

तुलसीपुर २० कात्तिक ।  तुलसीपुरमा क्रियाशील पत्रकारहरुले भैलोबाट संकलन गरेको रकम सामाजिक कार्यमा प्रयोग गरेका छन् । उनिहरुले शनिबार एक कार्यक्रमको आयोजना गरी तुलसीपुरको त्रिशेद्धेश्वरी धर्मशालामा ४० हजार रुपैंया बराबरको आठवटा बेडका सेट हस्तान्तरण गरेका छन् ।

भैलो टोलीका संयोजक सुरेस श्रेष्ठको अध्यक्षता तथा नेकपा एमालेकी सांसद अनारकली मियाँको प्रमुख आतिथ्यता एबं प्रजातान्त्रिक उद्योग व्यापार संघका अध्यक्ष जनक खरालको बिशिष्ट आतिथ्यतामा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा इप्रका तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनालगायतको टोली सहभागीता रहेको थियो ।

टोलीले धर्मशालाका अध्यक्ष देवराज धिताललाई आठवटा बलाङ्केट,आठवटा डसना,आठवटा तन्ना र आठवटा सिरानी हस्तान्तरण गरेको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि सांसद मियाँले पत्रकारहरुले भैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा खर्च गरेकोमा खुसी व्यक्त गरिन् । उनले परम्परा र नेपाली संस्कृतिलाई जोगाउन पत्रकारहरुको प्रयासको प्रशांसा पनि गरेकी थिईन् । साथै सांसद मियाँले संबिधान कार्यान्वयनमा राजनीतिक दलहरुलाई दवाव दिन समेत पत्रकारहरुको भैलोले भुमिका निर्बाह गरेको बताईन् ।
कार्यक्रममा बिशिष्ट अतिथि प्रजातान्त्रिक उद्योग व्यापार संघका अध्यक्ष खरालले सधै समाचार लेखेर जनतालाई सुचना प्रबाह गर्ने पत्रकारले संस्कृत जोगाउन भैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा लगाएर उदारहणीय काम गरेको बताए ।

त्यस्तै डीएसपी तिम्सिनाले पत्रकारहरुले धर्मशालालाई सहयोग गरेर सामाजिक रुपमा आफ्नो दायित्व पुरा गरेको बताए । भैलो टोलीका सदस्य गणेश आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गोपाल शर्मा भट्टराईले गरेका थिए । धर्मशालालाई सहयोग गरेर बाँकि रहेको २० हजार रुपैंया नेपाल पत्रकार महासंघ दाङ शाखाले स्थापना गरेको पत्रकार राहात कोषमा जम्मा गर्ने भैलो टोलीले जनाएको छ । टोली संयोजक श्रेष्ठले बाँकि रहेको २० हजार रुपैंया महासंघको राहात कोषमा जम्मा गर्ने जानकारी दिए । उनले भोली दिउँसो २ बजे घोराहीस्थित महासंघको कार्यालयमा अध्यक्ष सुदिप गौतमलाई उक्त रकम हस्तान्तरण गर्ने कार्याक्रम रहेको बताए ।