एजेन्सी, २० कार्तिक । भारत र पाकिस्तानबीच तनावको अवस्था कायमै रहेको वेला पाकिस्तानले अन्तर्राष्ट्रिय सीमाबाट आफ्नो रेन्जर फोर्स हटाएर सेना तैनाथ गरेको छ ।

indische-soldaten-an-derअन्तर्राष्ट्रिय सीमाको १९० किलोमिटरको क्षेत्रमा पाकिस्तानी रेन्जर्सको ठाउमा सेना तैनाथ गरेको हो । सीमावर्ती क्षेत्रमा सेना तैनाथ गरेको जानकारी बीएसएफले दिएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । बीएसफकाअनुसार पाकिस्तानी सेनालाई हतियारका साथ अन्तर्राष्ट्रिय सीमामा तैनाथ गरिएको छ ।

बीएसएफका उच्च अधिकारी र सरकारी अधिकारीहरुले पाकिस्तानी सेनाले नियमित पाकिस्तानी रेन्जरलाई विस्थापित गर्दै आफ्ना जवान र हातहतियार रेन्जर पोस्टमा तैनाथ गरेको दाबी भारतीय मिडियाले गरेका छन् ।

विगत एक सातादेखि गाडीमा सैनिक ओसार्ने काम भइरहेको छ । भारी मात्रामा हतियार पनि ल्याइएको छ । पाकिस्तानी सेनाले रेन्जर पोष्ट आफ्नो नियन्त्रणमा लिएको भन्ने चाँही पुष्टी नभएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

नोभेम्बरको अन्तिम साता पाकिस्तानी सेना प्रमुख जनरल राहिल शरिफ अवकास लिदैँछन् । आफुले निम्त्याएको तनावबीच आफ्ना उत्तराधिकारीलाई सीमा सुरक्षाको लागि सहज वातावरण तयार गर्न शरिफले अन्तिम तयारी गरेको भारतीय अधिकारीहरुले बताएका छन् ।