little-miss घोराही २० कात्तिक ।  लिटिल मिस दाङ २०१६ की विजेता सुप्रिया देवकोटाले दाङलाई कलाकारितको प्रसिद्ध चिनारीको थलोको रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताएकी छिन । भर्खरै दाङमा सम्पन्न लिटिल मिस २०१६ की विजेता देवकोटाले दाङलाई कलाकर्मीहरुको उर्वर भूमि र कलाको सम्मानित थलोका रुपमा विकास गर्ने बताएकी हुन ।

सल्यान खलङ्गामा घर भई अस्थायी रुपमा घोराही–६ ढोडेनीमा बस्दै आएकी देवकोटाले घोराहीको दीपशिखा उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययरत छिन । अध्ययनसंगै कला, शिक्षा र अन्य विविध वौद्धिक विकास क्रियाकलापसंगै देवकोटा दाङको एक चर्चित नृत्याङ्गणाको रुपमा पनि स्थापित बन्दै आएकी छिन ।

सानैदेखि नृत्य र अन्य कलाकारिताको विविध विधामा रुचि राख्दै आएकी देवकोटाले यस वर्षको मिस दाङ अवार्ड हात पारेकी हुन । घोेराहीमा पढाईका शिलशिलामा सल्यानबाट अस्थायी बसाई सरी आएकी देवकोटाले पछिल्लो समय वाल प्रतिभाको एक नमुना बन्दै गएकी छिन । उनले भनिन् ‘दाङलाई कलाकारिताको हव रुपमा स्थापित गर्छु ।’ उनले राप्ती समाचारसंग कुरा गर्दै यस्तोे बताएकी हुन । डान्स क्षेत्रमा राम्रो दखलभएकी देवकोटा आफ्नो ८ वर्षको उमेर दाङको चर्चित प्रसिद्धशाली प्रतिभाको पुरस्कार हात पारेकी हुन ।

यही कार्तिक १३ गते घोराहीमा सम्पन्न लिटिल मिस २०१६ का सयौ बढी प्रतिस्पर्धीहरुलाई देवकोटाले पछि पार्दै मिस दाङ बन्न सफल भएकोमा हर्षित व्यक्त गरेकी छिन भने आफूलाई विजयी बनाउन सहयोग पु¥याउने सवैमा धन्यावाद ज्ञापन गरेकी छिन । उनले भनिन् ‘सानै उमेरमै दाङको नाम र शान राख्दै अवार्ड हात परेकी छु ।

आगामी दिनहरुमा अझै यस्ता सफल प्रयासहरु निरन्तरतामा लाग्ने छु ।’ उनले अझै खुलेरै परिवारको सहयोगले आफू कलाकारिताको क्षेत्रमाअझै उत्साहित बन्दै गएको बताईन । परिवारमा आमाबावा र अन्टीको प्रेरणाले आफूलाई अझै उत्साहित बनाउदै लगेको बताईन । उनले भनिन् यसै डान्सिङ स्टार सिजिन–३ को मोष्ट अवार्डसमेत हात पारेकी थिए । त्यसैको सफलताले यहाँसम्म हौसला दिएको हो ।

त्यसैे उनकी आमा शुशिला देवकोटाले सानैदेखि नाच्ने/गाउने, मोडलिङ र डान्स क्षेत्रमा असाध्यै रुचि राख्ने भएकाले हामीले पनि त्यस्तैे वातावरण दिएकाले उनले मिस दाङको उपाधिसम्म जित्न सफल भएको बताईन । छोरीको सफलताको प्रसंशा गर्दै आगामी दिनहरुमा पनि यस्तै सफलताप्रति पारिवारिक उत्साहित बनाउने बताईन ।
देवकोटा लाई स्वागत सम्मान
लिटिल मिस दाङ २०१६ की विजेता सुप्रिया देवकोटालाई शुक्रबार घोराहीमा स्वागत तथा सम्मान गरिएको छ । आयोजक संस्था उत्सर्ग फिल्मस् नेपाल र रोयल व्युटी एकेडेमीको संयुक्त आयोजनामा स्वागत सम्मान गरिएको हो ।  उत्सर्ग फिल्मस् नेपालकी कार्यक्रम संयोजक कल्पना श्रेष्ठको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको प्रमुख आतिथ्यतामा स्वागत सम्मान गरिएको थियो । स्वागत सम्मानमा बोल्दै प्रमुख अतिथि गौतमले विजयी देवकोटालाई धन्यवाद ज्ञापन गर्दै बालप्रतिभाको विकासका लागि देवकोटा नमुना र उदाहरणिय बनेको बताएका थिए ।

उनले कला क्षेत्रको विकासमा सामाजिक संकुचनको प्रभावका कारण यस्ता प्रतिभाका कलाहरु ओझेलमा परेको बताएका थिए । उनले भने ‘यस्ता मिस अवार्डका कार्यक्रमहरुलाई हाम्रो समाजले अश्लिलतासंग जोडेर व्याख्या गर्दछ ।’ त्यसैले यस्ता कलाहरु ओझेल छन । पारिवारिक र सामाजिक हौसलाले नै बालप्रतिभाको विकास हुने भएकाले सुप्रिया जस्ता प्रतिभाशाली बालवालिका अझै दाङमा अनगिन्ती रहेकाले यस्ता प्रतिभाको खोजी र सम्मान गर्न जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष लक्ष्मी आचार्य, सल्लाहकार सविन प्रियासन, मानवअधिकारकर्मी विनोद केसी र देवकोटाकी मामा रामकुमार घर्तिलगायतले देवकोटाको कलाको विकासमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण उत्सर्ग फिल्मस् नेपालका केएल पीडितले गरेका थिए ।