बिकाश डाँगी
तुलसीपुर,१९ कार्तिक ।  तुलसीपुरमा कैदी बन्दीहरु, अपाङग, महिलाहरुले उत्पादन गरेको सामान विक्रीका लागि छुट्टै पसल स्थापना गरिएको छ । तुलसीपुरको सितलपुर चौकमा दङगाली सप को सथापना गरिएको हो ।

14925597_1076317082488711_5993016739939219199_nकैदी बनदीलाई विभिनन समयमा सिप मुलक तालिम दिइरहेका व्यक्ती पिडित सेवा संघ दाङका अध्यक्ष टोप बहादुर महतराले पसल स्थापन गर्नु भएको हो । उहाले पसलमा कैदी बनदीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारी करण गर्ने उदेश्यले पसल स्थापना गरेको वताउनु भयो ।

साथै महराले यस पसलवाट आएको नाफाको ५० प्रतिशत असाहय बालबालिकाहरुलाई सहयोग गर्ने समेत बताउनु भयो अहिले महराले ३९ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री लगाएत आर्थिक सहयोग गर्दै आएको बताउनु भयो ।

14939977_1076316559155430_8551440183016206012_oपसलको उद्घाटन शुक्रवार एक कार्यक्रमको आयोजना गरि सासद बुद्धिराम भण्डारीले गर्नु भएको छ । पसलको उदघाटन गर्दे सासद भण्डारीले अहिले देश आर्थिक घाटामा गएकाले अब देशलाई समृद्धि बनाउन राज्यले नै देशमा साना तथा ठुला उद्योगहरु संचालन गरी स्वेदशी उत्पादनको विकास गर्नु पर्ने र विदेश निकासी बढाउनु पर्ने वताउनु भयो ।

शालिकराम शाहुको अध्यक्षतामा भएको उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, तुलसपिुर कारागारका जेलर देवेनद्र श्रेष्ठ, नेपाल अटो ब्यवसायी महासंघका अध्यक्ष यम प्रसाद भुषाल,अल्लो उद्योगका ब्यवस्थापक देब बहादुर पुन लगायतकाले वोल्नु भएको थियो । पसल संचालक गिता थापा स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण आनन्द पुनले गर्नु भएको थियो ।