nadi-janya-bastu

तुलसीपुर २० कात्तिक ।  लामो समय देखि रोकिएको नदिजन्य पदार्थको उत्खन्न तथा निकासी आउँदो सोमवार देखि खुल्ला हुने भएको छ  । तुलसीपुर नगरपालिकाले नगरक्षेत्रका तीन खोलाहरुमा नदीजन्य पदार्थको उत्खन्न तथा निकासीका लागि शुक्रबार सम्वन्धीत निकायका प्रतिनिधिसंग भएको छलफलले सोही निर्णय गरेको हो ।

नगरपालीकाले पातुखोला, ग्वारखोला र भमके खोलामा नदीजन्य पदार्थको उत्खन्न र निकासीका साथै राजश्व संकलनका विषयमा छलफल गरेको थियो  ।

छलफलबाट चुरे संरक्षण विकास समितिले निर्धारण गरेको मापदण्डमा रहि सार्वजनिक सम्पदामा हानि नोक्सानि नपु¥याउने गरी नदिजन्य पदार्थको उत्खन्न र निकासी गर्ने निर्णय भएको तुलसीपुर नगरपालिकाले जानकारी दिएको छ ।

आइतवार सार्वजनिक विदा भएकाले सोमवार सम्म नगरपालीकाले आवश्यक जनशक्तिको व्यवस्थापन गरी नदिजन्य पदार्थ खुलाउने सहमति भएको नगरपालिकाले जनाएको छ ।

जिल्ला विकास समितिले नदिजन्य पदार्थको उत्खन्न तथा निकासीमा सम्वन्धीत गाविस तथा नगरपालीकालाई जिम्मेवारी प्रदान गरेपछि तुलसीपुरमा सरोकारवाला निकाएका प्रतिनिधिहरुको छलफल भएको हो ।

छलफलले नगरपालीकाले आफनो जनशक्ति परिचिालन गरि नदिजन्य पदार्थको उत्खन्न र निकासी वाट राजश्व संकलनगर्ने निर्णय भएको तुलसीपुर नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिए । मापदण्ड विपरित हुने नदिजन्य पदार्थको उत्खन्न रोक्न ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुखको संयोजक्त्वमा एक कार्यदल समेत गठनभएको छ ।

जसको सदस्यहरुमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख वा अधिकृत स्तरको कर्मचारी, शसस्त्र प्रहरी वेसक् याम्पका प्रमुख वा पमुखले तोकेको प्रतिनिधि , तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एबं निजले तोकेको प्रतिनिधि  , टेक्टर व्यवसयी समितिका अध्यक्ष ,निर्माण व्यवसयी संघका एकजना प्रतिनिधि सदस्य रहेको कार्यदल गठन भएको हो ।

नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालीकाका सम्पुर्ण राजनीतिक दलका बोर्ड प्रतिनिधिलगायतको सहभागीता रहेको थियो ।