birodh-sava

घोराही १९ कात्तिक । भारतिय सेनामा कार्यरत नेपाली नागरिक विमल तामाङ हत्यावारे नेकपा माओवादीले राष्ट्र«व्यापी रुपमा विरोध जनाएको छ ।

नेकपा माओवादी दाङले पनि आज घोेराहीमा विरोध प्रर्दशनगर्दै भारतिय सेनामाकार्यरत नेपालीनागरिकहरु लाई नेपाल फर्काउन मागगर्दै विरोध जनाएको हो । गत कार्तिक १५ गते भारत र पाकिस्तानको युद्धका क्रममा मारिएका नेपालीनागरिक विमल तामाङको पार्थिप शरिर समेत भारत सरकारले नेपाल नपठाएकाले नेपाली सेना सवै फिर्ताको मागगर्दै विरोध जनाएको हो ।

भारतको सुरक्षाकालागि हजारौ नेपाली नागरिक भारतिय सेनामा कार्यरत रहेकाले ति सेनाफिर्ता पठाउन माग राख्दै विरोध जनाएको हो ।

विरोध सभालाई नेकपा माओवादीका राप्ती ईन्चार्ज मोहनलालचन्द ‘आधार’ ले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण अखिल क्रान्तीकारीका केन्द्रिय सदस्य प्रकाश शाहीले गर्नुभएको थियो ।।