सबिता सुनार । दाङ १९ कार्तिक । दाङको एक बिद्यालयले भैलोबाट संकलन भएको रकम शिक्षकको तलबमा खर्चने भएको छ । काभ्रे ४ गहतेरामा रहेको सुर्योदय प्राथमिक बिद्यालय गहतेरालले भैलोबाट संकलन भएको रकम तलबमा खर्चने जनाएको छ ।
बिद्यालयले तिहारको दुई दिन सम्म खेलेको भैलोबाट ४० हजार रुपैयाँ संंकलन गरेको ब्यबस्थापन समितिका अध्यक्ष रेवन्त बिष्टले जानकारी दिनुभयो । उक्त रकम ३ जना शिक्षकहरुलाई तलब स्वरुप बितरण गरिएको प्रधानध्यापक गोपाल खड्काले जानकारी दिनुभयो ।
बिद्यालय ब्यबस्थापन समिति , शिक्षक तथा बिद्यार्थीहरुको सक्रियतामा भैलो संचालन गरिएको थियो ।
