तुलसीपुर १९ कार्तिक । नेपाल पत्रकार महासंघ दाङले लामो समय देखी पत्रकारीता पेशाबाट निष्कृय रहेका आफ्ना २० जना सदस्यहरुको सदस्यता खारेज गरेको छ । पत्रकारीता पेशामा निष्कृय र अन्य पेशामा आबद्ध भएका करिब २० जना पत्रकारको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ दाङले आज केन्द्रिय सदस्य, पूर्ब केन्द्रिय पदाधिकारी र पूर्ब अध्यक्षहरुलगायतका संग छलफल गरी उनिहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको हो । त्यस्तै नयाँ ४१ नयाँ पत्रकारहरुको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।
महासंघका अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा बसेको बैठकले महासंघलाई बिशुद्ध समाचार लेख्ने पत्रकारहरुको संस्था बनाउन शुद्धिकरणको अभियानलाई जारी राख्ने निर्णय समेत गरेको छ ।
साथै निष्कृय रहेकाहरुलाई सकृय बन्न र पत्रकारीता छाडेर अन्य पेशामा लागि सकेकालाई पनि सदस्यता त्याग्न महासंघले आग्रह गरेको छ । यसैबिच महासंघको सदस्यता नबिकरणका लागि आगामी पुस १५ गते सम्मका लागि समय दिइएको छ ।
सो अबधी सम्म नबिकरण नगरे महासंघको अधिबेशनमा सहभागि हुन नपाउने बताईएको छ । महासंघ दाङ शाखामा अब २ सय १७ जना सदस्य रहेका छन् ।
