मनोज कुमार आचार्य / तुलसीपुर १९ कात्तिक । तुलसीपुर नगरपालिका १४ राईखल्यानमा रहेको तुलसी बन्दना नगर टोल बिकास संस्थामा सडक बक्ति जडान गरिने भएको छ । तुलसीपुर नगरपालिकासंगको सहकार्यमा सोही टोलमा रहेका ७ वटा पोलमा सडक बत्ति जडान गर्न लागिएको हो । बिहिबार उक्त टोलको बैठकले सौर्य बत्ति जडान गर्ने निर्णय गरेको हो ।
टोलका अध्यक्ष मंगली चौधरीको अध्यक्षतामा बसेको मासिक बैठकले टोलमा हुने चोरी, डकैतिका घटनालाई मध्यनजर गरी सडक बत्ति जडान गर्न लागिको हो ।
साथै सडक बत्ति जडान भएपछि स्थानीयलाई आवात जावतमा पनि सहज हुने अध्यक्ष चौधरीले जानकारी दिईन् । सडक बक्ति जडान गर्न १० देखी १५ हजार सम्म लगानी लाग्ने अनुमान गरिएको छ । अन्य प्राबिधिक सहयोग भने तुलसीपुर नगरपालिकाले गर्ने भएको छ ।
