
तुलसीपुर १९ कार्तिक । रोल्पाबाट दाङ आउदै गरेको यात्रुबहाक बस दुर्घटना हुदा ८ जना घाईते भएका छन् । रोल्पाको दुई खोली देखी घोराही आउदै गरेको ना २ ख ५६८५ नम्वरको बस बुधबार घोराही–होलेरी सडक खण्डको सैघा २ तोसमा रहेको कोईला खानी नजिक दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । घाईते हुनेमा रोल्पाका ५ र दाङका तीन जना रहेका छन् ।
गाडि मोड्ने क्रममा बुधबार बेलुका पाँच बजेतिर भएको दुर्घटनामा परी रोल्पा ५ झेनामका बहादुर कुँवर , राँङ्सी ३ रोल्पाका बिनोद डाँगी, धवाङ ४ रोल्पाका कृष्णा बहादुर खत्रि , राङ्सी ५ का प्रतिक्षा बाँठा मगर , कोचिबानङ २ का कामना घर्ती रहेका छन् । त्यस्तै दाङ घोराही ८ का अनिल कुमार डाँगी , मानपुर ५ की गौमाया घर्ती , मानपुर १ का अनिस घर्ती घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घाईतेहरुको अहिले राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भईरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ । गाडिमा २५ भन्दा बढि यात्रु सवार रहेको प्रहरीले जानकरी दिएको छ ।
