बुटवल १५ कार्तिक । बुटवल ५ गोलपार्कका वीरबहादुर गुरुङ गएराति मृत अवस्थामा फेला परेकाछन् । बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सिमाना बुटवल १४ को बराह पुलमुनि गुरुङको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनको शिरमा गम्भीर चोट लागेको छ । गुरुङको हत्या भएको अनुमान गरिएको छ भने घटनाका विषयमा अनुसन्धान भइरहको प्रहरी नायव उपरीक्ष मुकुन्द मरासिनीले बताए । एक हप्ताको अवधिमा बुटवलमा तीन जनाको हत्या भएको छ ।