भक्तपुर , १५ कार्तिक । भक्तपुरको च्यामासिंहमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।बा ४७ प ५८११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री नाला-२ काभ्रेका २१ वर्षीय रुपेश थापाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट घाइते थापाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सोही मोटरसाइकलले अर्का पैदलयात्रीलाई ठक्कर दिँदा काभ्रेकै २३ वर्षीया विन्दु तामाङ र मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका-१४ नासमना बस्ने १९ वर्षीय सविन खेताला घाइते भएका छन् । घाइते दुवैको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक भक्तपुर नगरपालिका-२ लिवाली बस्ने १९ वर्षीय निसान गाईजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनलाइन खबरबाट