संजय कुशवाहा
नवलपरासी जिल्लाको सोमनीमा छठ र तिहार पर्वको उपलक्ष्यमा जिल्ला स्तरिय पुरुष कवड्डी प्रतियोगीता आज बाट शुरु भएको छ । नवलपरासीको सोमनी स्थित ईन्द्रेणी बाल क्लव आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका करिब ३५ टिमसहभागी भएका छन् प्रतियोगीताको उदघान नवलपरासी निर्वाचन क्षेत्र.न. ६ का नेपाली काग्रेसका संसद देवकरण प्रसाद कलवारले गर्नुभएको थियो ।
उद्घाटन क्रममा बोल्दै सांसद कलवारले खेल जगतले खेलाडी र राष्ट्र को चिनिने भएकाले खेलजगतलाई मर्यादित बनाउनपर्नेमा जोर दिनु भयो ।
सो अवसरमा बोल्दै संसद कलवारले यस क्षेत्रको सग्रम विकास निमार्णका लागी आफु सदैब लागी रहेको बताउनु भयो यसका लागी क्षेत्रका जनताको साथ सधै आफुहरुलाई आवश्यक रहेको बिचार राख्नुभयो ।
प्रतियोगीतामा बिजयी टिमलाई १५ हजार नगद सहित प्रमाणपत्र र ट्रफी दिईने छ भने उपबिजेतालाई १० हजार नगद सहित प्रमाणपत्र र ट्रफी दिईने आयोजकले जानकारी दिएको छ यो पुरुष कबड्डी प्रतियोगीता कात्तिक१६ गतेसम्म चल्ने छ ।
