लक्ष्मण रसाइली 
हेल्प मधेसी नेपाल – साउदी अरब जुबेल साउदी अरब हेल्प मधेसी – तन मन से भन्ने मूल नाराका साथ स्थापित हेल्प मधेसी संघ साउदी लगायत कतार, दुबई , कुवैत , मलेसिया , अमेरिका मा कृयासिल नेपाली संस्था को रुपमा अनेको उदाहरनिय कार्यहरु गर्दै आइरहेको छ . त्यसै क्रममा संस्थाको विस्तार र प्रचार प्रसारको क्रममा Nasma & Partner Co. jubail camp मा NRNA- Saudi का राष्ट्रिय अध्यक्ष श्री नारायण पासवान ज्यु र उपाध्यक्ष श्री डम्बर यादब ज्यु को प्रमुख आतिथ्यमा सचेतना कार्यक्रम भव्यरुपमा सम्पन्न भयको छ ।

14923131_1208485402541826_458575419_oसाउदी अरबमा कृयाशिल अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरू उपस्थिति रहेको उक्त कार्यक्रममा सवागत मन्तब्य बरिष्ट इन्जीनियर त्रिभुवन सिंह जीले स्वागत मन्तब्य गरे संगै संस्था को लक्ष्य र उदेश्य सहित स्थापनाको छोटो अबधिमा हासिल क्रियाकलापको बारेमा जानकारी हेल्प मधेशी का क्षेत्रिय अध्यक्ष श्री शिब यादबले गराउनुभएको थियो।

कार्यक्रममा मन्तव्यको क्रममा कार्यक्रमका विशिष्ट अतिथि NRNA- Saudi को रास्ट्रीय अध्यक्ष श्री नारायण पासवानले साउदीमा पिडित नेपाली श्रमिकहरूको समस्या समाधानार्थ संघ संस्था विचको आपसी सहकार्यलाई नेपाल सरकार र सरोकारवाला संग पुल को रुपमा काम गरिने र अझ सशक्त एवम् निकटता प्रदान गर्नेगरी हेल्प मधेसी सङ्गठनले भूमिका खेल्नेमा आफू प्रतिवद्द रहेको साथै श्रमिक नेपालीहरुको समस्या प्रती यस संस्थाले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।त्यसै क्रममा अतिथि NRNA- Saudi को रास्ट्रीय उपाध्यक्ष श्री डमर यादव हेल्प मधेसी ले गरेको कार्य लाई सराहनीय र उदाहरनिय को रुपमा समाजलाई सहयोगी संस्थाको रुपमा परिभाषित गर्नु भयो भने एन आर एन ए पुर्बि क्षेत्र क्षेत्रिय समन्वय समितिका सचिव अन्जनि कुमार अधिकारी ले मजदुर हक हितमा कार्य गर्नका खातिर सामाजिक संघ संस्थाहरूको स्थापना हुनु खुसिको कुरा भरएको प्रष्ट पारे त्यस्तै कार्यक्रम मा उपस्थिति अन्य सहभागीहरू मध्ये इन्जिनियर कमल देव साह , इ. प्रदिप महतो , इ. बिरेन्द्र दास , इ.अटबुल लहेरी लगायतका बक्ताहरूले आ आफ्ना बिचार राखेका थिए ।

कार्यक्रममा लगभग २०० जनाको सहभागिता रहेकोमा दमाम र जुबेल गरि २५ जना मधेसी इन्जीनियर हरुको सहभागिता रहेको थियो ।संस्थाका सल्लाहकार इन्जिनियर त्रिभुवन सिंह द्वारा संचालित कार्यक्रम राम प्रसाद यादवको सभापतित्वमा भएको थियो। नेपालीहरूको दोश्रो ठुलो चाड दिपावलि तथा छठ पर्वको शुभकामना आदान प्रदान सहित कार्यक्रम सम्पन्न भयको छ।