नयिका तथा मोडल वर्षा राउतले नयाँ व्यक्तिसँग डेटिङ गएकी छिन् । कार्तिक २६ गतेदेखि प्रर्दशनमाआउन लागेको फिल्म ‘जात्रा’ ले गरेको अफर अनुसार उनले महाबौद्ध काठमाण्डौँ बस्दै आएका प्रदिप पौडेलसँग डेटिङ गएकीहुन् ।
प्रोमोशनका लागि हजार समाऔँ, लाख कमाऔँ अफर अन्र्तगत प्रदिपले वर्षासँग भेट गर्ने अवसर पाएका थिए । प्रदिप सँगको डेटिङबारे बताउँदै वर्षाले भेट हुनु अघि निकै डर लागेको बताएकी छिन् । उनले भनिन्, “के के भन्ने हो भन्ने डर लागिरहेको थियो गफगर्दै जाँदा मन ढुक्क भयो ।” विश्वास बढ्दै गएपछि अन्य साथीहरुलाई बाहिर पठाएर खुलेर नै कुराकानी गरेको उनले बताएकी छिन् ।
वर्षासँग डेट जाने अवसर पाएका प्रदिपलाई जात्राले गरेको अफरको आश नै थिएन । उनी भन्छन्, “एउटा भाईले उक्त अफरमा सहभागि भएको देखेँ, मैले नी सक्छु नीभनेर सहभागि जनाउँदा यस्तो मौका जुर्यो ।” सुरुमा फेसबुकमार्फत नै मलाई वर्षासँग डेट जाने अफर तपाईले पाउनुभयो भन्ने सन्देश आउँदा उनलाई विश्वास लागेको थिएन।
तर जात्रा फिल्मको पेजमा नै सार्वजनिक भएपछि चाहिँ खुशि लाग्यो, उनी भन्छन् । पठाइएको थियो ।तर मलाई विश्वास लागिरहेको थिएन । आफ्ना मान्छेहरुलाई मात्र यस्ता अफरहरु दिन्छ भन्ने प्रदिपलाई परेको रहेछ । तर, अब जात्रा फिल्मको यो अफरले मोबाइल र स्कुटर पनिजित्ने आश पलाएको उनले बताएका छन् ।
अझै फिल्मकीअर्की नायिका प्रेक्षा बज्राचार्य, बिपिन कार्की लगायतसँग डेट जाने अफरहरु बाँकी नै रहेको निर्माता एवं कलाकार रबिन्द्र सिंह बानीयाले बताएका छन् ।











