माधव वेल्बासे
कपिलवस्तु ,१३ कार्तिक । कपिलवस्तुका गाँउ घर देखि लिएर सहर वजार सम्म तिहार आएसगै चहल पहल वढ्को छ । जिल्लाको तौलिहवा,जितपुर,गोरुसिगे,चन्द्रौटा,कृष्णनगर वजारमा तिहार सगै व्यापार पनि वढेको व्यापारिहरुले वताएका छन ।

विषेश गरि तिहारमा भाडकुडा,कपडा,माला,मिठाईको व्यापार हुने वताइएको छ । बजार मालाले सिंगारिएका छन भने ब्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा मालाहरु सजाएर राखेका छन् ।भारतको सिमाना पर्ने भएकाले पनि यस जिल्लामा भारतवाट वढि मात्रामा तिहारका माला भित्रिने गर्दछन । पसलहरुमा तिहारका माला किन्ने ग्राहक को पनि भिडभाड देखिन्छ ।

14874883_1694500004201457_1249293832_nपछिल्लो समयमा फुलका माला लोप हुदै गएपछि कपडा,पलास्टिको मालाको माग वढेको र तिहारको अवशरमा मालाको व्यापारवाट राम्रो आम्दानि गर्न सकिने चन्द्रौटाका एक व्यापारिले वताउनुभयो ।

जिल्लाका प्रत्येक सहरका घरहरुमा झिलिमिलि वत्तिहरु वलिरहेका छन भने गाउघरका घरहरु पनि लिपपोत गरि झिलिमिली देखिन्छन । गृहणि महिलाहरु तिहारमा विभिन्न परिकार वनाउन घरमै व्यास्त छन । दाजु भाई लाई टिका लागाउन टाढा टाढा वाट आउनेहरु पनि आइसेकेका छन ।तिहारमा आफ्ना दाजुभाईलाई टिका लगाइदिई मिठो मिठो परिकार खान दिने चलन रहेको छ । जिल्लाका विभिन्न संघ सस्था,आमासमुह,युवा क्लव लगाएतले देउँसीभैलो तथा शास्कृतिक कार्यक्रमहरु आयोजना गरेका छन ।

चाडपर्वलाई लाई सवैले सभ्य भव्य रुपमा मनाउनु पर्ने र जिल्लाको शुरक्षा व्यावस्था कडा पारिएको जिल्ला प्रहरि कार्यलय कपिलवस्तुका प्रहरि उपरिक्षक विष्णु केसिले वताउनु भयो ।

जिल्ला प्रशाशन कार्यलय कपिलवस्तुले एक विज्ञप्ती निकालि अनुशासित मर्यादित तथा व्यावस्थित तवरवाट चाडपर्व मनाउन अनुरोध गरेको छ । यदि कसैले कानुन विपरित कार्य गरेका पाइएमा कानुन अनुसार कारवाहि गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।