दीपबहादुर घर्ती
जाजरकोट, १२  कार्तिक । जाजरकोटको नलसिंहगाड जलविद्युत आयोजनालाई उर्जा मन्त्रालयका सचिव अनुप कुमार उपाध्यायले मध्यपश्चिकै उत्कृष्ट आयोजना भएको वताएका छन् । आयोजनाको स्थलगत अवलोकन भ्रमणको गर्ने क्रममा उर्जा सचिवले यस्तो वताएका हुन् ।

urja-sachibआयोजना स्थलगत अवलोकन भ्रमणको लागि ४ दिनको समय लगाएर खगेनकोटको दल्ली, सक्लाको सेपुखोला र रग्दाको चौखा सम्म पुगेका सचिवले आयोजना सम्पन्न गर्नका लागि स्थानियले रोजगारी र मुआव्जाको माग गरेर विवाद ल्याउन नहुने वताए ।

क्षमता विकास गरेर आयोजनावाट स्थानियहरुले अन्य लाभहरु लिनु पर्ने वताउदै उर्जा सचिव उपाध्यायले भने–“आयोजना निर्माण कार्यमा खट्ने जनशक्तिलाई चाहिने तरकारी, फलफुल, माछा, मासु, दुध, दही, घ्यु लगाएतका चिजहरुको उत्पादन र आपुर्ति गर्नु पर्ने, आयोजना निर्माणमा खट्ने ठुलो जनशक्तिको लागि चाहिने हेयर कटिङ्ग, सिलाईकटाई जस्ता थुप्रै कुराको आवश्यक पर्दछ ।” संस्थानहरुले जागिर खुवाए जस्तै गरि जलविद्युत आयोजनाले सवैलाई जागिर दिन नसक्ने वताउदै सचिव उपाध्यायले भने–“आयोजनाको इलेक्ट्रिकल पाटमा साना–साना किलाहरु जोड्न काम पनि मेनिफ्याक्चरले नै मिस्त्रीहरु पठाछ अनि, कसरी स्थानियको आकाँक्षा पुरा गर्न सकिन्छ ।”

आफ्नो पढाईको शिलसिलामा जलविद्युत टाँसमिसनको थेसिस लेखिसकेका सचिव उपाध्यायले मध्यपश्चिमकै उत्कृष्ट आयोजना नलसिंहगाड भएको वताए । उनले थेसिस लेखे देखिनै नलसिंहगाड जलविद्युत आयोजना प्रति आफ्नो आत्मियता रहेको वताए । देशका विभिन्न नदीनालाहरुलावाट विद्युत उत्पादन गरेर नेपालको उर्जा संकट समधान गर्नु पर्ने धारणा राख्दै उर्जा सचिव उपाध्यायले पानी पण्डीतहरुले भने जस्तै गरि आवश्यकतामा मात्र विद्युत उत्पादन गर्ने र त्यतिकै बगिरहेको नदीको पानीलाई सदुपयोग नगर्ने तर्क प्रति आफु सहमत नभएको वताए ।

मध्यपश्चिमकै राम्रो सम्भावना बोकेको नलसिंहगाड जलविद्युत आयोजनालाई सरकारी फास्ट टर्याकवाटै निर्माण गर्नु पर्ने धारणा सचिव उपाध्यायले राखे । विद्युत रोयल्टीको ५१ प्रतिशत स्थानिय निकायमा रहने भएको हुदा नलसिंहगाड जलविद्यत आयोजना सम्पन्न भएमा जाजरकोट र जाजरकोट आसपासमा रहेका जिल्लाहरुको भविश्यनै अर्कै वन्ने उनको भनाई रहेको छ । आयोजनाको स्थलगत अवलोकनमा लामो समय दिएर जिल्लाका विभिन्न ठाउँहरुको पैदल भ्रमण गर्ने मन्त्रालयका सचिवहरुमा अनुप कुमार उपाध्याय नै पहिलो हुन् ।

त्यसैगरी आयोजनाको पावरहाउस, वाँध स्थलको अवलोकन गर्न दल्ली, सेपुखोला पुगेका आयोजना विस्तृत अध्ययन परामर्शदाता टिम लिडर माईकल फुलुरले आयोजनाको विस्तृत अध्ययन कार्य ३० महिना भित्रै सम्पन्न गरि सक्ने वताए । आयोजना स्थल भित्रको वातावरणिय अध्ययनका लागि १६ जना नेपाली र ५ जना विदेशी विज्ञहरु परिचालित हुने माईकलले वताए । आयोजनालाई दिगो, वातावरण मैत्री र कम लगानीको वनाउनरुका लागि आफुहरु निक्कै सम्वेदनशिल वनेको माईकलले जानकारी दिए ।

विस्तृत अध्ययनका लागि आयोजनासंग ठेक्का सम्झौता गरेको अष्ट्रेलियाको स्मेक परामर्शदाता कम्पनीले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने वताईएको छ भने, अमेरीकाको एमडब्लूएच परामर्शदाता कम्पनीले आयोजनाको वाँधको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने वताईएको छ । त्यसैगरी नेपालको उदय कन्ट्रक्सन प्राली परामर्शदाता कम्पनीले आयोजना अध्ययनमा गरिने अन्य व्यवस्थापन गर्ने वताईएको छ । अष्ट्रेलियाको स्मेक, अमेरीकाको एमडब्लूएच र नेपालको उदय कन्ट्रक्सन प्राली जेभी परामर्शदाता कम्पनीको टिम लिडरका रुपमा रहेका माइकल फुलरसंग जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि ५० वर्षको अनुभव भएको वताईएको छ । ७५ वर्षिय माईकलले यस अघि नै नेपालको पश्मिसेती र कालीगण्डगी जलविद्युत आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरि सकेको वताईएको छ ।

त्यसैगरि नलसिंगाड जलविद्युत आयोजनाका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरले आयोजना विकास समितिवाट निर्माण गर्नु पर्नेमा जोड दिदै जनतालाई लाभाम्स दिन मिल्ने आयोजना विकास समिति मोडेल निर्माणमा आफुले जोड दिएको वताए । आफुले निर्माण गर्ने मोडेलमा आयोजना प्रभावित क्षेत्रका जनतालाई निशुल्क सेर वितरण गर्ने निर्देशक कँुवरले वताए ।

नलसिंहगाड जलविद्युत आयोजना निर्माणका लागि रग्दा गाविसको ताँसुगाडवाट ४ दशमलव ५ मेघावाटको सर्पोट जलविद्युत आयोजना निर्माण गर्ने वताईएको छ । ताँसुगाडवाट जलविद्युत आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको वताईएको छ । ताँसुगाडवाट जलविद्युत आयोजनाको डिपिआर हाल डेसिरेड ईन्जिनियरिङ कन्ट्रक्सन प्राली र एडिएमसि ईन्जिनियरिङ कन्ट्रक्सन प्राली जेभी परामर्शदाता कम्पनीले काम गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य अगाडी वढाउनका लागि यसैवर्ष टेण्डर खोलिने नलसिंगाड जलविद्युत आयोजनाले वताएको छ ।

४ सय १० मेघावाट विद्युत उत्पादन क्षमता भएको नलसिंहगाडको औषध पानीको वाहाव ३७ घनमिटर भएको वताईएको छ । आयोजना निर्माण गर्दा ५ सय ६८ घरधुरी विस्थापित हुनुको साथै ६ हजार रोपनी खेती योग्य जमिन अधिकरण गर्नु पर्ने वताइएको छ । करिव ३ सय १४ हेक्टर कृषि योग्य  जमिन र २ सय ९० हेक्टर वनजन्य जमिनको क्षेति हुने वताएको छ । समुद्रि सतह देखि १३ सय ८० मिटरको उचाईमा रहेको सक्ला गाविसको हुल्याओडारमा बाँधिने वाँधको उचाई १६ सय २० मिटरमा पुग्ने वताईएको छ ।

आयोजनाको पावर हाउस देखि ड्याम स्थल (कालीमाटी देखि लैखम) सम्म १०.८ किलोमिटर पहँुच मार्ग निर्माणको लागि निर्माण कम्पनीसंग सम्झौता गरी निर्माण कार्य अगाडी वढीरहेको छ भने, आयोजना कार्यालय प्रयोजनका लागि दल्लीमा दुईवटा भवन निर्माणको लागि निर्माण कम्पनीसंग सम्झौता भई निर्माण कार्य अगाडी वढी रहेको आयोजनाले वताएको छ । त्यसैगरी आयोजनाले ५ किलो मिटर दल्ली देखी सर्ज ट्याङक सम्मको पहुँच सड्कको ट्रयाक खोली सकेको छ भने, कालिमाटी–खानटाकुरा हुदै ध्यापाटाकुरा जोड्ने आयोजनाको वैकल्पिक मार्गको १८ किलोमिटर वाटोको ट्रयाक खोलि सकेको वताईएको छ । ५ सय ३१ रोपनी जग्गा अधिकरण गरी सकेको आयोजनाले वताएको छ ।