काठमाडौं, ११ कार्तिक । जासुसको आरोपमा भारतीय प्रहरीले पाकिस्तान उच्चायोगका एक कर्मचारीलाई पक्राउ गरेको छ । दिल्ली पुलिसको अपराध शाखाले महमुद अख्तर नामक कर्मचारीलाई पक्राउ गरी हिरासतमा लिएको छ ।
उच्चायोगका कर्मचारी अख्तरलाई दिल्लीबाट सुरक्षा मामिला सम्बन्धी केही दस्ताबेजसहित हिरासतमा लिइएको र सोधपुछका लागि चाणक्यपुरीस्थित कार्यालयमा लगिएको भारतीय समाचार एजेन्सी पिटीआईले जनाएको छ ।
उनीमाथि जासुसी गरेको र सुरक्षासँग सम्बन्धित सूचनाहरु चुहाएको आरोप लगाइएको छ । यद्यपी पाकिस्तानको उच्चायुक्तले यसको पुष्टि गरेको छैन ।
