बर्दिया, ११ कार्तिक । बर्दियाको धधवार–६ माथिल्लो वनगाई चोकमा आज धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ६ ख ६२६७ नम्बरको ट्रक र सोको विपरीत दिशाबाट आउँदै गरेको रा १ प ७८३३ नम्बरको मोटरसाइकल एकापसका ठक्कर खादा मोटरसाइकलमा सवार दुईको मृत्यु र एक घाइते भएका छन् ।
मृत्यु हुनेमा बर्दिया धधवार गाविस–३ कतर्निया बस्ने २१ वर्षीय अर्जुन थारु र बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय युवराज थारुको घटनास्थलमै मृत्यु भएको हो ।
बर्दिया धधवार–३ कतनियाँ गाउँ निवासी २३ वर्षीय सञ्जय थारु घाइते भएका छन् । उनको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । ट्रक चालक कैलाली जिल्लाको हसिनिया बस्ने धनिराम चौधरी र ट्रक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।
