काठमाडौं, ११ कार्तिक । नयाँ शक्ति नेपालका संयोजक डा‍.बाबुराम भट्टराई सिल्करोडबारे प्रवचन दिन चीनतिर गएका छन् । पूर्वप्रधानमन्त्री डा. भट्टराई दक्षिण चीनको ग्वान्झाओमा हुने २१औँ शताब्दीको सामुद्रिक सिल्करोड प्रदर्शनीमा सहभागी हुन बुधवार राती नै चीनतर्फ प्रस्थान गरेका छन् ।

imagesग्वाण्डोङ प्रान्तका गभर्नर झु जियोदानको निमन्त्रणामा डा. भट्टराई उक्त प्रदर्शनीमा अतिथि वक्ताको रुपमा सहभागी हुन लागेको नयाँ शक्ति नेपालले जनाएको छ। दक्षिण चीनको ग्वाण्डोङ प्रान्तको राजधानी ग्वान्झाओमा कार्तिक ११ देखि १४ गतेसम्म प्रदर्शनी हुनेछ।

बैयुन अन्तराष्ट्रिय सम्मेलन केन्द्र ग्वान्झाओमा हुने कार्यक्रममा ‘वान रोड वान बेल्टले चीन र विश्वको बीचमा समान विजयको अवसर कसरी ल्याउँछ’ भन्ने शीर्षकमा भट्टराईले प्रवचन दिनेछन्।