खोटाङ, ११ कार्तिक । खोटाङमा प्रहरीले ठूलो परिमाणमा लगाएको गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले विभिन्न पाँच गाविसमा दुई सय २२ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

555-fadani-gardai-gareko-gaja1इलाका प्रहरी कार्यालय हलेसी, प्रहरी चौकी धितुङ र प्रहरी चौकी च्यास्मीटारका प्रहरीको टोलीले धितुङ, महादेवस्थान, दुर्छिम, डिकुवा र काहुले गाविसमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

२५ दिने अभियानको क्रममा व्यावसायिक रुपमा लगाइएको ७० हजार ७ सय दुई बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए।

दुर्छिममा एक सय ३८ रोपनी, महादेवस्थानमा साढे ७१ रोपनी, डिकुवामा ५ रोपनी, काहुलेमा ५ रोपनी र धितुङमा ३ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरेर नष्ट गरिएको कार्यालयले जनाएको छ ।