काठमाडौंं, ११ कार्तिक । कुनै समयमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए हावाबाट विद्युत निकाल्छु, जनताको घरघरमा ग्याँसको पाइप पु¥याउछु । यति भन्दा धेरैले खिस्सी गरेका थिए । केपीको फूस्सा कुरा समेत भनेका थिए ।

1-1तर अहिले यस्तै नपत्याउदा कुराहरु सम्भव भइरहेका छन् । काठमाडौंको फोहोबाट विजुली निकालिएको छ । समयमा नउठाउँदा सडक छेउमै फोहोर थुप्रिने र नाक थुन्दै हिड्नुपर्ने अवस्थाको फोहरलाई मोहोरमा रुपान्तरण गरिएको छ ।

1-2टेकुमा फोहोरबाट बिजुली निकाल्न अन्तिम तयारी भएको छ । जहाँ काठमाडौंमा दैनिक जम्मा हुने ३ टन फोहोर खपतका लागि बायो मिथनाइजेशन प्लान्ट जडान गरेको छ । यसबाट मिथेन ग्यास उत्पादन भइसकेको छ । यही ग्यासबाट बिजुली उत्पदन हुनेछ ।

1-3यसका लागि टर्वाइन जडान भइसकेको छ । प्राविधिकले अन गरेपछि विजुली बल्ने तयारीमा छ । यो प्लान्टबाट १४ देखि २० किलोवाटसम्म बिजुली निकल्न सकिने महानगरपालिकाले जनाएको छ ।