गोविन्द खड्का
घोराही, ११ कार्तिक । वर्ल्डलिंकले घोराही बजारमा छरितो नेटसेवा दिनेभएको छ । तिहार पछि सेवा चालुहुनेगरी फाईबर बिस्तारको काम अघि बढेको छ । सबैको भन्दा छिटो चल्ने, नया प्रविधिको हुने वल्र्ड लिंकले बताएको छ ।
तार बाट लाईन लगेर घोराहीमा नेट सेवा लिन सकिने भएको छ । तिहार लगतै सेवा सुचारु गरीने वल्र्ड लिंक कम्युनिकेशन प्रालि घोराहीका शाखा प्रबन्धक आकाश सापकोटाले जानकारी दिनुभयो ।
अहिले फाईबर विस्तार गर्ने काम थालिएको छ । केहि दिन अघि तुलसीपुर चोक बाट शुरु भएको काम दामोदर चोक हुदै अहिले बैंकरोडमा चलिरहेको छ । पहिलो चरणमा मेनरोड उत्तरको बजार क्षेत्रमा बिस्तार गरी सक्ने बताईएको छ । विद्यु्रतका पोल पोलमा टंगाएर लाईन तानिएको छ ।
‘अब घर घरमा विस्तार गर्ने हो’ प्रबन्धक सापकोटाले भन्नुभयो, ‘सबै किसिमको नेट सवा भन्दा उत्तम छ ।’ उहाका अनुसार वल्र्ड लिंकले यस अघि दिएको डिभाईस सेवा भन्दा पनि विस गुणा स्तरीय रहेको छ । यसअघि कसैले नदिएको सेवा चालु गरीदैछ । पोल बाट माग भएका घरमा लाईन तानिने छ । त्यसलाई जति वटा कम्प्युटरमा पनि नेट सेवा लिन सकिने छ ।
ईन्टरनेटका पारखीहरु बढ्दैछन् । सबैका हातहातमा मोवाईल मार्फत नेट सेवा सुचारु छ । घर घरमा एडिएसएल लगाएतका सेवा लिएकाछन् । भने डिभाईस मार्फत वाईफाई सेवा लिएका छन् । दिन प्रतिदिन सेवा ग्राहीहरु बढिरहेका छन् । नेट सेवाको गुणस्तर घटिरहेको छ । घुमिरहन्छ नेट चल्दैन ।
फेसवुक, ट्वीटर लगाएतका सेवा नचल्दा धेरैका चाहनाहरु अधुरा रहेका छन् । बैक र वित्तीए संस्थाका कर्मचारीहरु आत्तिएर पाटिएर आच्छु पाच्छु भएका देखिन्छन् । सेवाग्राहीहरु काम नटुंगिनाले समय खेर फलिरहेका हुन्छन् । वल्र्ड लिंकको फाईवर सेवा विस्तार पछि सबै समस्या हट्ने प्रालिले जनाएको छ । दशौ गुणा स्तरीय सेवा दिने दावि गरेको छ ।
स्लो स्पिडको नेटका कारण सञ्चार माध्यमहरुमा पटक पटक अबरोध आउने गरेको छ । ताजा खुराकका भोकाहरुलाई अहिले सम्मका नेटहरुले तृप्ती दिन सकेका छैनन् । पैसा तिर्दा पनि सेवा नपाईने बनेको छ नेट । नेट ईन्टरनेटको सजिलो जमाना गफ गर्दा भनिए पनि व्यवहारमा स्लो भएर कठिन छ ।
न त हेर्न सकिन्छ । न पठाउन र झिक्न नै । डाउनलोड, अपलोड नहुदा नेट सेवाको अर्थ रहदैन । अनलाईन खबर चलाईरहेका पत्रकारहरु चाहेको बेला समाचार हाल्न नसकेको बताउछन् । कसको नेट चलेको छ भनेर खोजा खोज चल्छ । ल्यापटप बोकेर दौडधुप गर्छन् । बासी खबरहरु हालेर चित्त दुखाईरहेका हुन्छन् । त्यसलाई पनि हल गर्ने बताएको छ ।
अरुले नदिएको सेवा घोराही बजार विस्तार पछि जिल्लाको तुलसीपुर लगाएतका शहरमा बिस्तार गरीने प्रबन्धक सापकोटाले बताउनुभयो । एक हजार शुल्क मा पा“च एमविपिएस क्षमताको नेट सेवा दिईने छ ।
त्यसले डिभाईस मार्फत दिने भन्दा स्तरीय सेवा दिनेछ । यसलाई फरक सेवा भनिएको छ । कसैको नभएकाले पच्छिल्लो प्रविधिका रुपमा अर्थ लगाईएको छ । चुड्ने खतरा रहे पनि प्राविधिक शक्तिको उचित व्यवस्थापन गरीएकाले ढिला सुस्ती नहुने प्रबन्धक सापकोटाले बताउनुभयो ।