abhiuktaतुलसीपुर १० कात्तिक ।   जवरजस्ति करणी उद्योग मुद्धाका फरार दाङका एक अभियुक्तलाई प्रहरीले पाँच बर्ष पछि पक्राउ गरेको छ ।  जवरजस्ती करणी उद्योगमा मुद्धामा फरार रहेका दाङ बेला ६ गरबरीयाका ४३ बर्षीय नन्कु यादबलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बुधबार प्रक्राउ गरेको हो ।

दाङ देउखुरी जिल्ला अदालतले २०६९ साल असार पाँच गते गरेको फैसलाले यादबलाई  दुई बर्ष ६ महिना कैद सजाय तोकेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनी २०६८ साल मंसिर २२ गते देखी फरार रहेका थिए । यादबलाई आबश्यक कारबाहीका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाईएको एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।