सर्वनाम थ्रीयटरमा नाटक प्रशिक्षण प्रश्चात मान्छे पोल्ने भट्टी निर्देशन गरेका दङाली कलाकार प्रणव आकाशले तयार पारेको विषयवस्तुमा सर्ट फिलिम कन्ट्री साईड एरोमा युटुबमा सार्वजनिक भएको छ ।

14787511_1415866285130374_204293648_oगाउँ र गाउंका मान्छेहरुलाई हेर्ने नकारात्मक द्रुष्टिकोणले गर्दा जब सहरिया ठिटो डिप्रेसनको सिकारमा पर्छ अनि उक्त ह्याङओभरबाट मुक्त हुन गाउँमा जादां उस्को मनमा उब्जिएको घटना परिघटनाको शिलशिला र त्यो समयमा उ कसरी प्रस्तुत हुन्छ भन्ने कुरा कन्ट्रीसाईड एरोमाले देखाउछं ।

प्रणव आकाश आफैले लिड रोल गरेका छ्न भने कलाकार लगाएत प्राबिधिक काम पनि दङालीको नै रहेको छ । फिलिममा अर्जुन पाण्डे हिमालको पात्रलाई औधी रुचाईएको छ ।

बुढाथोकी सन्तोष , शान्तराज गौतमको अभिनयले पनि उत्तिकै छोएको छ भने निरज अधिकारीको साथलाई पनि मान्नै पर्छ । एरोमालाई प्रेमराज लामिछानेले सम्पादन गरेकाछन ।