काभ्रे, ५ कार्तिक । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले विदेश नीति आन्तरिक राजनीति गर्ने भाँडो बन्न नहुँने बताएका छन् ।

1464522221prakashsharanmahatनेपाल समसामयिक अध्ययन केन्द्रले धुलिखेलमा आयोजना गरेको नेपाल–भारत सम्बन्ध कार्यशालामा बोल्दै महतले प्रधानमन्त्री लगायत नेपाली अधिकारीहरुको भारत भ्रमणलाई लिएर अनेक प्रोपोगान्डा हुने गरेको टिप्पणी गर्दै विदेश नीति आन्तरिक राजनीति गर्ने भाँडो हुन नहुने बताए ।

उनले पाकिस्तानमा हुने भनिएको १९ औं सार्क शिखर सम्मेलन रोकिनुमा अध्यक्ष राष्ट्रको हिसाबले नेपालको तर्फबाट कुनै कमजोरी नभएको दाबी गरे । उनले सबै सदस्य राष्ट्र सहमत नभएकाले सम्मेनल रोकिएको बताए ।

उनले भने – ‘नेपालबाट भारत भ्रमण हुनेबित्तिकै के के न दिन लागेको भनेर सडक र सामाजिक सञ्जालमा चर्चा हुने गरेको छ, हामीले ‘भारतले भनेको मान्ने हैन, आफ्नो कुरा राख्ने गरेका छौं, नेपालको स्वार्थ र आवश्यकताबारे हामी सचेत छौँ ।,’