प्रेम सुनार
गुल्मी , ४ कार्तिक । एमाले सचिव गोकर्णराज विष्टले संघीय संरचना बनाउँदा कुनै पनि हालतमा तराई र पाहड छुटाउउन नदिने चेतावनी दिएका छन् । सरकारले संविधान संशोधन गरी लुम्बिनी अञ्चल र राप्ती अञ्चल भित्रका तराईका जिल्लाहरु यि दुई अञ्चलबाट टुक्राउने षडयन्त्र गरेको भन्दै नेता विष्टले चुनौती दिएका हुन् ।
‘सरकारले जुन प्रकारले संविधान संशोधनको प्रस्तावको कुरा ल्याई रहेको छ त्यो भनेको वुटवल लगायतका तराईका जिल्लाहरु लुम्विनी अञ्चलबाट छुटाउने षडयन्त्र हो, ‘नेता विष्टले भने, ‘यदि गुल्मी अर्घाखाँचीलाई वुटवलबाट छुटाउने षडयन्त्र गरे एमालेले ५०औं हजार जनता वुटवलमा उतारेर सरकारका त्यो प्रयासलाई असफल पारेरै छाड्छ ।’
उनले गुल्मी र बुटवलको सम्वन्ध घर र वेसीको सम्वन्ध भएको बताउँदै लुम्विनी अञ्चलका साविकका जिल्ला एमालेले प्रादेशिक संरचनाबाट छुटाउन नदिने धारणा राखे । सवै राजनैतिक दल यति वेला दलिय स्वार्थबाटमाथि उठेर संविधान कार्यन्वयनमा लाग्नु पर्ने भन्दै विष्टले भने –‘यदि त्यसो नगरिए देशमा भयानक संकट निम्तिन सक्छ ।’
केही समय अगाडि माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पनि यस्तै धम्की दिएका थिए ।
रातोपाटी बाट
