चितवन, ३ कार्तिक । मुग्लिन(नारायणगढ सडकको दाहखानी ६ रिद्धिखोलामा भएको बस दुर्घटनामा एकको मृत्यू भएको छ । १० जना घाइते भएका छन् । मृत्यू हुनेमा बसका सहयोगी कर्मचारी छोटु रहेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँबरले जानकारी दिए । उनको पूरै नाम र ठेगाना भने नखुलेको कुँबरले बताए ।

trisulima-bus-khasyoकाठमाण्डौंबाट भैरहवा जाँदै गरेको लु १ ख ७३९१ नम्बरको बस मङ्गलबार बेलुकी साँढे आठ बजे सडकबाट नारायणी नदीमा खसेर दुर्घटना भएको हो । सो दुर्घटनामा घाइते हुनेमध्य धादिङ सलाङका कृष्ण नेपाली गम्भीर घाइते भएका छन् ।

उनको थप उपचारका लागि काठमाण्डौं पठाइएको एसपी कुँबरले जनाए । अन्यको अबस्था सामान्य छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भएको छ । चालक अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । बसमा ११ जना मात्र सवार रहेको एसपी कुँबरले जानकारी दिए ।