फाईल फोटो
फाईल फोटो
फाईल फोटो

तुलसीपुर ३ कात्तिक ।  तुलसीपुरका प्रतिष्ठित व्यापारी एवं समाज सेवी उत्तमकुमार श्रेष्ठले निजी लगानीमा तुलसीपुरमा क्रियापुत्री भवन निर्माण गरिदिने घोषणा गरेका छन् । उनले १५ लाख रुँपैया नगद दिने घोषण गरेका छन् । तर अन्य जति अपुग हुन्छ त्यो सबै एक्लै वेहोर्ने उनले सार्वजनिक रुपमै घोषणा गरेका हुन । त्रिशिद्धेश्वरी मन्दिर परिसरमा क्रियापुत्री भवन निर्माणमा आर्थिक अभाव भएपछि समाजसेवी एवं प्रतिष्ठित व्यापारी श्रेष्ठले व्यक्तिगत लगानीमा उक्त भवन निर्माणगर्ने घोषणा गरेका हुन ।

आईतवार मन्दिरमा ६५ लाखको लागतमा निर्माण गरिएको धर्मशाला उद्घाटन सत्रलाई सम्वोधन गर्दै श्रेष्ठले त्यस्तो घोषणा गरेका हुन । उनले त्रिशिद्धेश्वरी मन्दिरमा यसअघि नीजि २० लाख जतिको लगानीमा भगवती माताको अत्याधुनिक मन्दिर निर्माण गरिदिएका छन् । उद्घाटन सत्रलाई सम्वोधन गर्दै समाजसेवी श्रेष्ठले मन्दिर परिसरमा बरण्डासहित अटेच वाथरुम भएका दूईकोठाको क्रियापुत्री भवन निर्माणमा लाग्ने सम्पूर्ण खर्च आफै बेहोर्ने घोषणा गरेका हुन ।

व्यस्त जीवन व्यथित गर्नेहरु,व्यवसायिक व्यक्तिहरु र रोजगारीका लागि वजार क्षेत्रमा डेरामा वस्ने परिवारलाई मध्यनजर गरेर मन्दिर परिसरमा क्रियापुत्री भवन निर्माण गर्ने सोंच आफुमा पलाएको समाजसेवी श्रेष्ठले राप्ती समाचारलाई बताए ।

उनले भने ‘मरिलानु के छ र ? मरेपछि जाने रित्तै हो, त्यसैले समाजहितका लागि सबैले केही न केही योगदान गर्नुपर्छ ।’ श्रेष्ठले आर्थिक सहयोगको घोषणा गरेसंगै मन्दिर विकास समितिले क्रियापुत्री भवनको नक्साङकनका लागि तुलसीपुर नगरपालिकाका ईञ्जिनियर पवन कुमार योगीलाई आग्रह गरिसकेको छ । ईञ्जिनियर योगीले नक्सा तयार पारे लगत्तै क्रियापुत्री भवनको शिलन्यास गरेर धमाधम काम सुरु हुने समाजसेवी श्रेष्ठले राप्ती समाचारलाई बताए ।

दाङका विभिन्न मठमन्दिर तथा सार्वजनिक खपतका भौतिक संरचना निर्माणमा समाजसेवी श्रेष्ठको ठूलो योगदान छ । व्यपारी श्रेष्ठले मन्दिरको धर्मशाला निर्माणमा एकलाख ५० हजार आर्थिक सहयोग गरेका थिए । क्रियापुत्री भवनमा १५लाख सहयोग गर्ने प्रतिवद्धता गरेका श्रेष्ठले भवन निर्माणमा लाग्ने पुरै खर्च आफुले व्यहोर्ने वताएका छन् ।