भरतराज शर्मा, तुलसीपुर ३ कात्तिक । नगरपालिकाको आन्तरिक आय वृद्धि गर्नका लागि नयाँ श्रोत पहिचान गर्नुपर्ने नगरवासीले सल्लाह दिएका छन् ।
तुलसीपुर नगरको आयवृद्धिका लागि तत्काल करको दायरा बढाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । तुलसीपुर नगरपालिकाको राजश्व संभाव्यता अध्ययन सम्बन्धि गठित विज्ञ सहितको छलफलमा सहभागिहरुले नगरपालिकालाई त्यस्तो सुझाव दिएका हुन । कार्यक्रमका बक्ताहरुले नगरपालिकाले आफैले निर्माण गरेर भाडामा लगाएका सटर वा घरको वाहल कर समय अनुरुप बढाउन आग्रह गरेका थिए । तुलसीपुरमा व्यवसायीक घरको घरभाडा चौगुणा वढदापनि नगरपालिकाले पुरानै भाडामा घर तथा सटर भाडामा लगाउँदै आएको छ ।
नगरपालिकाले भाडामा लगाएका बाहल कर असुल नभएका वध शाला,शब्जि मण्डीवाट कडाईका साथ बाहालकर उठाउन , सवारी साधनमा पटके कर लगाएर नगरपालिकाको राजश्व वृद्धि गर्न बिज्ञ टोलिले सुझाव दिएको हो । कार्यक्रममा स्थानीय साशन विज्ञ नरेन्द्र राज वराल र कीर्तिरश सुवेदीले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार नगरपालिकाले कार्यसम्पादन गरे आर्थिक वर्ष २०७३÷०७४मा आठ प्रतिशतले राजश्व वृद्धिहुन सक्ने सुझाव दिएका थिए । उनीहरुले नगरपालिकाकाले आर्थिक वर्ष २०७३/०७४मा प्रक्षेपण गरेको २ करोड ७३ लाख ६१ हजार ५ सय कुल वजेटमा वृद्धिभई ३ करोड ७६ लाख ६५ हजार पुग्न सक्ने आँकडा प्रस्तुत गरिएको थियो । आर्थिक वर्ष २०७४/०७५मा कुल राजश्वको ६ प्रतिशत राजश्व वृद्धिहुने आर्थिक वर्ष २०७५/७६मा ७ प्रतिशत राजश्ववृद्धि भई हालको राजश्व संकलनको तुलनामा ४७ प्रतिसम्म वृद्धिहुन सक्ने संभाव्यता अध्ययन प्रतिवेदन विज्ञ टोलिले सार्वजनिक गरेको थियो ।
नगरपालिका कार्यकारी अधिकृत टोपेन्द्र केसीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी , उद्योगावणिज्य संघका प्रतिनिधि ,यातायात व्यवसायीहरुको सहभागिता थियो । कार्यक्रममा विज्ञटोलिले नगरपालिकाले स्थानीय शासन ऐन २०५५अनुसार मनोरञ्जन कर,मर्मत सम्भार कर, पार्किङ कर असुलिमा ध्यान दिन सल्लाह दिएका थिए । त्यस्तै ऐलानी जग्गाको लगत, सार्वजनिक जग्गाको संरक्षण लगाएतमा चासोदिन छलपलका सहभागिहरुले सुझाव दिएका थिए ।
सहभागिहरुले स्थानीयहरुले तिरेको करले स्थानीय स्तरकै विकासमा खर्च गर्नुपर्ने बताएका थिए । यो विश्वास दिलाउ सकेमा नगरको राजश्व अभिवृद्धिमा कठिनाई नहुने विज्ञहरुको सुझाव थियो । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले नगरमा पटकेकर यहि आउँदो मंसिर देखि लागुगर्ने तयारी गरिएको जानकारी दिएका थिए । अन्य नयाँ करका वारेमा सम्वन्धित निकायका प्रतिनिधि राजनीतिक दल लगायतका सरोकारवालाहरु संग छलफल गरेर अगाडि वढने उनले बताएका थिए । नगरको विकासको लागि करको दायरा बृद्धि हुन जरुरी रहेको कार्यकारी अधिकृत केसीले बताएका थिए । कार्यक्रमको सहजीकरण सुचना अधिकारी झरेन्द्र खरेलले गरेकाथिए ।
